बडा दशैंले जनता र सुरक्षालाई जोडेको छ : मुख्यमन्त्री चाैधरी



बडा दशैंले जनता र सुरक्षालाई जोडेको छ : मुख्यमन्त्री चाैधरी

भालुवाङ ३० असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले बडा दशैंले जनता र सुरक्षालाई सँगै जोडेको बताएका छन् ।

चार्ड पर्वका बेला हुन सक्ने जोखिम तथा दुर्घटना न्युनीकरण गर्न प्रहरीको भुमिका महत्त्वपूर्ण रहने भन्दै मुख्यमन्त्री चाैधरीले जनतालाई सुरक्षा दिने काम प्रहरीको भएको भन्दै बडा दशैंले त्यो शक्ति प्रदान गरोस् भन्ने कामनाका साथ शुभकामना समेत दिएका छन् ।

हिन्दुहरूको महान् चार्ड बडा दशैं, तिहार तथा छठ पर्वको अवसरमा ससत्र प्रहरी बल नम्बर नेपाल २९ हेटक्वाटर ज्वालामाई गण भालुवाङले सोमबार आफ्नै क्याप्प भित्र आयोजना गरेको शुभकामना आदानप्रदान तथा बडाखाना कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

गणका एसपी गोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै कार्यक्रममा घैंटाफोर र कुर्सी दाैड प्रतियोगिता समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे