राप्ती नदीमा बगेर वेपत्ता युबकको शब तीन दिनपछि फेला



राप्ती नदीमा बगेर वेपत्ता युबकको शब तीन दिनपछि फेला

भालुवाङ १५ असोज । राप्ती नदीमा माछा मार्ने क्रममा बगेर वेपत्ता भएका एक युवकको शब तीन दिन पछि फेला परेको छ । दाङ—देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३, मसुरीया निवासी ३७ वर्षीय रामचरण चौधरी गत शुक्रबार करिब दिउँसो २ बजेको समयमा राप्ती नदीमा माछा मार्ने क्रममा बगेर बेपत्ता भएका थिए ।

ईलाका प्रहरी कार्यालय भालुवाङ, सशस्त्र प्रहरी बल २९ नम्बर हेट क्वाटर ज्वालामाई गण भालुवाङको टोलीले खोजतलास गर्ने क्रममा गएराती करिब २ बजेको समयमा गढवा गाउँपालिका—१, जेठानगाउँको राप्ती नदीघाटमा बेपत्ता चौधरीको शब फेला परेको गणका एसपी गोपाल श्रेष्ठले जानकारी दिए ।

मृतक चौधरी राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित लामो झुलुङ्गेपुल देखि ५/७ सय मिटर पश्चिम राप्ती नदीमा जालले माछा मार्ने क्रममा बगेर वेपत्ता भएका थिए । मृतक चौधरीको शब पोष्टमार्टमका लागि घोराही पठाईएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे