दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा बसन्त जोशी विजयी



दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा बसन्त जोशी विजयी

दाङ १४ असाेज । दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्ष पदमा बसन्त जोशी निर्वाचित भएका छन् । जोशीले १३४५ मत ल्याएर अध्यक्षमा विजयी भए । उनका प्रत्यासी रामप्रसाद पोख्रेलले ९१० मत प्राप्त गरे ।

नयाँ नेतृत्वका लागि शनिवार भएको निर्वाचनबाट उद्योग उपाध्यक्ष बाहेक सबै पदमा बसन्त जोशीकाे नेतृत्वकाे संयुक्त व्यवसायिक प्यानलका उम्मेदवार विजयी भएका छन् । उद्योग उपाध्यक्षमा भने रामप्रसाद पोख्रेल नेतृत्वको साझा, समावेशी व्यवसायिक प्यानलका ध्रुर्व कुमार गहतराज विजयी भए । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नरेश कुमार श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा लिलाराम खड्का, महासचिवमा महेन्द्र बुढाथोकी, सचिवमा विकास वली, कोषाध्यक्षमा जगत आचार्य र सहकोषाध्यक्षमा माधव खनाल निर्वाचित भएका छन् ।

त्यस्तै उद्योग सदस्यमा विक्रम राना, महिला सदस्यमा लिला नेपाली, वस्तुगत सदस्यमा विष्णु प्रसाद रिजाल र एशोसियट सदस्यमा युवराज पोख्रेल निर्वाचित भएका छन् । सदस्यहरुमा रुद्र बहादुर जैशी, दिपक पण्डित, निमबहादुर बुढाथोकी, युवराज पन्त, राम प्रसाद पोख्रेल, पुष्करराज न्यौपाने, तोर्वु तामाङ र सुरज बुढाथोकी निर्वाचित भएका छन् ।

बसन्त जोशी नेतृत्वकाे संयुक्त व्यवसायिक प्यानललाई सत्तारुढ दल नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी, राजमाे लगायत दल समर्थक व्यवसायीहरुको समर्थन थियो भने रामप्रसाद पोख्रेल नेतृत्वकाे सझा, समावेशी व्यवसायिक प्यानललाई नेकपा एमाले, राप्रपा, नेकपा लगायतका व्यवसायिकहरुको समर्थन थियो । शनिवार भएको मतदानमा ३३५८ मतदातामध्ये २३५७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे