राप्ती गाउँपालिकाद्वारा भदौ ३१ गते अट्वारी पर्वकाे सार्वजनिक बिदा



राप्ती गाउँपालिकाद्वारा भदौ ३१ गते अट्वारी पर्वकाे सार्वजनिक बिदा

भालुवाङ २९ भदाै । दाङको राप्ती गाउँपालिकाले अट्वारी पर्वको अवसरमा भदाै ३१ गते आइतबार सार्वजनिक बिदा दिएको छ।

राप्ती गाउँपालिकाले थारु समुदायको बड्का अट्वारीको गाउँपालिका मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा दिएको हो । भदौ ३१ गते पर्ने थारु समुदायको बड्का अट्वारीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले एक सुचना जारी गरि जानकारी दिएको छ ।

थारु समुदायले अट्वारी पर्वलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् । भदौ २९ गतेको निर्णय अनुसार बिदा दिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत जिवराज पाैडेलद्धारा जारी सुचनामा उल्लेख छ । यसै बिच घोराही, तुलसीपुर उपमहानगरपालिका र अन्य पनि अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे