मन्त्रालयको संख्या नबढाएर सरकारलाई पूर्णता दिन मुख्यमन्त्री चौधरीलाई कांग्रेस लुम्बिनीकाे निर्देशन



मन्त्रालयको संख्या नबढाएर सरकारलाई पूर्णता दिन मुख्यमन्त्री चौधरीलाई कांग्रेस लुम्बिनीकाे निर्देशन

दाङ २८ भदौ । मन्त्रालयको संख्या नबढाएर सरकारलाई पूर्णता दिन मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेशले निर्देशन दिएकाे छ ।

राजधानी क्षेत्रमा बुधवार बसेको कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले प्रदेशमा मन्त्रालय थप्दा आर्थिक भार थप हुने र जनताको बीचमा नकारात्मक सन्देश जाने भन्दै मन्त्रालय नबढाई सरकारलाई पूर्णता दिन मुख्यमन्त्री डिल्ली चौधरीलाई निर्देशन गर्ने निर्णय गरेको हो ।

जनताका जनजीविकालाई मध्यनजर गर्दै प्रभावकारी जनमुखी कार्यक्रम गर्न प्रदेश सरकारलाई चुस्त, दुरुस्त गर्न गठबन्धनमा आबद्ध दल र सबै राजनिति दलसँग समन्वय गर्दै संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संघीय सरकारलाई नेपालको संविधानअनुसार प्रदेश सरकारलाई अधिकार दिन पनि बैठकले अनुरोध गरेको मुख्य सचिव मोहनराज शर्माले जानकारी दिए ।

 

 

बैठकले प्रदेश पोलिसी ह्याकथन कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे