LISTEN LIVE RADIO

रुकुम पूर्वमा चक्कु देखाएर महिला माथि लुटपाट



रुकुम पूर्वमा चक्कु देखाएर महिला माथि लुटपाट

रुकुम पूर्व १४ भदाै । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१४ मा एक महिलामाथि लुटपाट भएको छ ।

बुधवार राति कोल गाउँकी ३६ वर्षीया हिरादेवी घर्तीमाथि लुटपाट भएको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले जानकारी दिए । गाउँमा सञ्चार सुविधा नभएको र  बिहीवार घटनाको जानकारी पाएलगत्तै प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतका निकायलाई जानकारी गराएको समेत उनले बताए ।

घरमा एक्लै सुतिरहेको अवस्थामा चक्कु देखाउँदै घरभित्र पसेका दुई जनाले घर्तीको कानमा लगाएको सुनको कानबाली लुटेर लगेका छन् । आफूमाथि आक्रमण हुने डरले चिच्याएपछि लुटेराहरू भागेका पीडित घर्तीेले बताइन् । आफ्नो दुवै कान च्यातेर दुई तोलाको कानबाली लुटेको उनकाे भनाइ छ । यस घटनाको विषयमा पीडित घर्तीका श्रीमान् विक्रमले अस्थायी प्रहरी पोस्ट कोलमा निवेदन दिएका छन् । उनले घरमा एक्लै भएको मौका पारेर आएका लुटेराहरू चाँडाे भन्दा चाँडाे पत्ता लगाई कानुनी कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे