राप्ती चक्रपथ साैन्दर्यकरणका लागि वृक्षारोपण



राप्ती चक्रपथ साैन्दर्यकरणका लागि वृक्षारोपण

भालुवाङ १३ भदाै । गाउँ तथा चक्रपथको साैन्दर्यताका लागि दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-७, भानपुर स्थित राप्ती चक्रपथकाे दायाँबायाँ विभिन्न प्रजातिकाे बिरुवा राेपिएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ दाङ जिल्ला अध्यक्ष हरिप्रसाद भुसालकाे विशेष पहलमा डिभिजन वन कार्यालय देउखुरीले उपलब्ध गराएकाे करिब १ हजार ५ सय फूल प्रजातिकाे बिरुवा राप्ती चक्रपथकाे दायाँबायाँ राेपिएकाे हाे ।

बसन्तपुर-भानपुरकाे सिमाना देखि पिपरा भानपुर सम्म राप्ती चक्रपथकाे करिब दुई किलाेमिटर क्षेत्रफलमा बिरुवा राेपियाे छ । गाउँअगुवा रामगाेपाल चाैधरी, भानपुर टाेल बिकास संस्थाका पूर्व अध्यक्ष दिपक सुवेदीकाे विशेष अगुवाईमा आज सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालले बिरुवा राेपेर कार्यक्रमकाे शुभारम्भ गर्नु भएकाे हाे । बृक्षाराेपण कार्यक्रममा दुई सय बढी गाउँलेहरूकाे उपस्थितिमा उक्त बिरूवाहरू राेप्ने काम सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे