लुम्बिनीमा छिटै सरकारले पूर्णता पाउँछ : मन्त्री मास्की



लुम्बिनीमा छिटै सरकारले पूर्णता पाउँछ : मन्त्री मास्की

देउखुरी १२ भदौ । लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले छिटै सरकारले पूर्णता पाउने बताएका छन् ।

देउखुरीमा पत्रकारहरुसंग कुरा गर्दै मन्त्री मास्कीले यस्तो बताए । ।“ सरकार विस्तारका कुरामा हामी गम्भीर भएर अगाडी बढिरहेका छौं”,उनले भने“ सरकारमा सहभागि गठबन्धन दलहरुका बीचमा आबश्यक छलफल भइरहेको छ, अबको केही दिनमै सरकारलाई पूर्णता दिदैछौं ।” सरकार गठन भएको चार महिना सम्ममा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।

मुख्यमन्त्री डिल्ली चौधरी गएको बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्यस यता दुई पटक मन्त्रीपरिषद विस्तार भएपनि अझै सबै मन्त्रालयले मन्त्री पाउन सकेका छैनन् । जसले गर्दा अझै पनि तीन मन्त्रालय मन्त्री विहिन छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नै उद्योग, खानेपानी र वन मन्त्रालयगरी तीन वटा मन्त्रालय आफै सम्हाल्नु भएको छ ।

अहिले लुम्बिनीमा मुख्यमन्त्रीसहित ७ सदस्ययी मन्त्रीपरिषद छ । अब माओवादीका २ र काँग्रेसका २ जना मन्त्री थपिने गरि सहमति छ । जसमा माओवादी केन्द्र संसदीय दलको बैठकले कृष्णा केसी र दिपेन्द्र पुनलाई मन्त्रीको रुपमा नाम सिफारिस गरेको छ । वर्तमान सरकारमा कांग्रेसका दुई र माओवादी, लोकतान्त्रीक समाजवादी, जनता समाजवादी, नागरिक उन्मुक्ति, जनमत पार्टीका एक/एक जना मात्रै मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे