देउखुरीमा मोटरसाइकलकाे ठक्करबाट एक जनाकाे मृत्यु



देउखुरीमा मोटरसाइकलकाे ठक्करबाट एक जनाकाे मृत्यु

लमही १९ मंसिर । मोटरसाइकलकाे ठक्करबाट देउखुरीमा एक जनाकाे मृत्यु भएकाे छ । मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर  लमही नगरपालिका वडा नम्बर ७ कप्तानगन्जका ५२ वर्षिय पुरण बाँठामगरकाे मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

बिहिवार बेलुका करिब ५/६ बजेकाे समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ३ प ७५६० नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जाँदै गरेका साइकलयात्री बाँठामगरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका वडा नम्बर ८ धनपुरुवा बस्ने वर्ष २२ का लिला चौधरी पनि घाइते भएका छ्न् । उनको अहिले बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएकाे छ ।

मोटरसाइकलले साइकल यात्रीलाई पछाडीबाट ठक्कर दिएको हुन सक्ने ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खिमबहादुर घर्ती मगरले जानकारी दिएका छन् । घाइते चौधरी नेपाली सेनामा कार्यरत भएको बुझिएको छ । मृतकको शबलाई पोष्टमार्टमका लागि लमही अस्पतालको शब गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे