प्रधानमन्त्री दाहालले राजनितीमा ठुलाे बिकृति ल्याएकाे एमाले उप-महासचिव ज्ञवालीकाे आराेप



प्रधानमन्त्री दाहालले राजनितीमा ठुलाे बिकृति ल्याएकाे एमाले उप-महासचिव ज्ञवालीकाे आराेप

भालुवाङ  २४ साउन । नेकपा एमालेका उप-महासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नेपाली राजनीतिलाई ठुलाे विकृत बनाएको आरोप लगाएका छन् ।

दाहालले राजनीतिमा झुठ र बेइमानी प्रस्तुत गरेर राजनीतिलाई अत्यन्तै विकृत बनाएको उनको आरोप छ । दाङ-देउखुरीकाे मसुरिया स्थीत पार्टी कार्यालयमा प्रेस चौतारी नेपाल राप्ती गाउँपालिका कमिटीले आज बुधबार  आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले एमालेले दाहाललाई राम्रो सँग देशको नेतृत्व गर्नुहोला भनेर प्रधानमन्त्रीमा समर्थन गरेको तर दाहालले बेइमानी गरेर बाटो बदलेको आराेप लगाए । उनले दाहाल कुर्सी बचाउनका लागि बाह्य शक्तिको हितमा लाग्दा मुलुकमा अस्थिरता पैदा भएको पनि नेता ज्ञवालीको आरोप थियो ।

एक अर्को प्रसंगमा नेता ज्ञवालीले कांग्रेस-एमालेको वैकल्पिक सरकार बनाउनु भन्दा एमाले सम्पूर्ण ध्यान २०८४ को चुनावमा बलियो शक्तिको रुपमा देशको नेतृत्व गर्नतिर केन्द्रित भएको बताए । देशमा विकृति र अराजकता निम्तिँदा पनि कांग्रेस पार्टीलाई कुनै महसुस नभएको उनले टिप्पणी समेत गरे ।

प्रेस चौतारी राप्ती गाउँपालिका कमिटी उपाध्यक्ष माधव खनालकाे अध्यक्षता एवम् प्रेस चाैतारी लुम्बिनी प्रदेश कमिटी सदस्य ओमप्रकाश गुप्ताकाे स्वागत मन्तव्यबाट शुरु भएकाे कार्यक्रमकाे सञ्चालन चाैतारीका दाङ जिल्ला सदस्य जगत खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे