LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाका महिलाहरुलाई लेडिज फेसन डिजाइनर तालिम सिकाइदै



राप्ती गाउँपालिकाका महिलाहरुलाई लेडिज फेसन डिजाइनर तालिम सिकाइदै

भालुवाङ १२ साउन । दाङकाे राप्ती गाउँपालिकाका  महिलाहरुलाई आत्मनिर्भर बनाउन एक हप्ते लेडिज फेसन डिजाईनर तालिम दिन सुरु गरिएकाे छ ।

नेपाल कपडा तथा सिलाई व्यावसायिक संघ राप्तीकाे आयोजनामा उक्त तालिम शुरु गरिएको हाे। तालिमको शुक्रबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले महिलाहरुको आर्थिक स्तर सुधार गर्दै आत्मनिर्भर बनाउने र क्षमता अभिवृद्धि गर्नका लागि फेसन डिजाईनर तालिमकाे महत्त्वपूर्ण भूमिका रहने बताए ।

त्यस्तै उनले पछिल्लो समय आफ्नो माैलिक पाेषक भन्दा पनि आयातीत पश्चिमा फेसनको बढी प्रयोग भएको भन्दै लेडिज फेसन डिजाइनर तालिममा स्वदेशी माैलिक पाेषकहरुलाई बडवा दिनु पर्ने कुरामा जाेड दिए । सिलाई सम्बन्धी व्यवसाय गर्दै आएका महिलाहरुलाई अझै प्रभावकारी रुपमा व्यवसाय संचालन गर्न फेसन डिजाइनर तालिम संचालन गरिएको नेपाल कपडा तथा सिलाई व्यावसायिक संघ राप्तीका अध्यक्ष लिलाधर दामाईले जानकारी दिए ।

राप्ती गाउँपालिकाका ९ वटै वडाका ३० जना महिलाहरूकाे सहभागीता रहेको तालिमकाे प्रशिक्षक मनु थापा रहेकी छिन् । तालिम राप्ती गाउँपालिका -२ बराखुटी स्थित करम्दी सामुदायिक वनकाे हलमा संचालन हुने बताइएको छ। उद्घाटन कार्यक्रम नेपाल कपडा तथा सिलाई व्यावसायिक संघ राप्तीका अध्यक्ष लिलाधर दमाईकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे