नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा दाङमा प्रदर्शन



दाङ २० जेठ । नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा दाङमा प्रदर्शन भएको छ । युवा संघ, अनेरा स्ववियु र किसान महासंघले सनिवार बेलुका घोराही बजारमा प्रदर्शन गरेका हुन ।

संवैधानिक रुपमा निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र विधिको शासनको अपमान गरेको उनीहरुले आरोप छ । विधेयक प्रधानमन्त्री भारत भ्रमणमा निस्कनुअघि हतार हतार प्रमाणीकरण गरिएको थियो । विधेयक जेठ १७ गते राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका थिए । प्रदर्शन पछिको कोणसभालाई युवा संघ नेपालका निर्वाचन आयोगका सचिव गोपाल नेपाली, अनेरा स्ववियुका केन्द्रीय सदस्य सर्जन परियार र किसान महासंघ दाङका अध्यक्ष केशव गिरीले संवोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे