LISTEN LIVE RADIO

सबै स्थानीय तहमा संघको बजेट घटेर आयो



सबै स्थानीय तहमा संघको बजेट घटेर आयो

दाङ १७ जेठ । आर्थिक वर्ष २०८०/ ०८१ का लागि सरकारले दाङका दशवटा स्थानीय तहलाई अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत विभिन्न शीर्षकमा चार अर्ब ६३ करोड ५७ लाख रुपैयाँ पठाएको छ । आ.व. २०७९/ ०८० मा यही शीर्षकमा सरकारले पाँच अर्ब दुई करोड पाँच लाख अनुदान दाङमा पठाएको थियो ।

चालुतर्फ आ.व. २०७९/ ०८० मा चार अर्ब २७ करोड ५२ लाख पाएको दाङले आर्थिक वर्ष २०८०/ ०८१ का लागि चार अर्ब २३ करोड ४४ लाख पाएको छ भने पूँजीगततर्फ ७४ करोड ५३ लाख पाएको दाङले आर्थिक वर्ष २०८०/ ०८१ का लगि ४० करोड १३ लाख मात्रै पाएको छ । दाङमा समानीकरण अनुदानअन्तर्गत न्यूनतम अनुदान ४४ करोड २५ लाख, सूत्रमा आधारित अनुदानतर्फ ९८ करोड सात लाख, कार्यसम्पादनमा आधारित अनुदान चार करोड ६० लाख गरेर कुल एक अर्ब ४६ करोड ९२ लाख अनुदान आएको छ । समानीकरण अनुदानअन्तर्गत दाङमा आ.व. २०७९/ ०८० मा एक अर्ब ६८ करोड ९५ लाख अनुदान आएको थियो ।

त्यसैगरी सशर्त अनुदानतर्फ दाङले चालु बजेटमा दुई अर्ब ७५ करोड ६७ लाख, पूँजीगततर्फ २५ करोड ५३ लाख गरी जम्मा तीन अर्ब एक करोड २० लाख अनुदान प्राप्त गरेको छ । आ.व. २०७९/ ०८० मा सशर्त अनुदानतर्फ दाङमा चालु बजेटमा दुई अर्ब ५७ करोड ५७ लाख, पूँजीगततर्फ ५५ करोड ३३ लाख गरी जम्मा तीन अर्ब १२ करोड ९० लाख अनुदान आएको थियो ।

आ.व. २०७९/ ०८० मा विशेष अनुदानतर्फ चालुमा एक करोड र पूँजीगत तर्फ ११ करोड ८० लाख गरी जम्मा १२ करोड ८० लाख अनुदान प्राप्त गरेको दाङ जिल्लाले आर्थिक वर्ष २०८०/ ०८१ का लगि विशेष अनुदानतर्फ चालुमा ८५ लाख र पूँजीगततर्फ सात करोड ७० लाख गरी जम्मा आठ करोड ५५ लाख अनुदान प्राप्त गरेको छ । आ.व. २०७९/ ०८० मा दाङले सात करोड ४० लाख प्राप्त गरेको समपूरक अनुदान आर्थिक वर्ष २०८०/ ०८१ का लागि दाङले छ करोड ९० लाख प्राप्त गरेको छ ।

पालिकामा पनि उस्तै

समानीकरण अनुदानतर्फ न्यूनतम अनुदान घोराही उपमहानगरपालिकामा आठ करोड ७५ लाख, तुलसीपुर उपमहानगरपालिकामा आठ करोड २५ लाख, लमही नगरपालिकामा तीन करोड ७५ लाख, गढवा गाउँपालिकामा तीन करोड ५० लाख, दंगीशरण गाउँपालिकामा तीन करोड २५ लाख, बंगलाचुली गाउँपालिकामा तीन करोड २५ लाख, बबई गाउँपालिकामा तीन करोड २५ लाख, राजपुर गाउँपालिकामा तीन करोड २५ लाख, राप्ती गाउँपालिकामा तीन करोड ७५ लाख र शान्तिनगर गाउँपालिकामा तीन करोड २५ लाख अनुदान आएको छ ।

त्यसैगरी सूत्रमा आधारित अनुदानतर्फ घोराही उपमहानगरपालिकाले आ.व. २०७९/ ०८० मा २६ करोड ६७ लाख पाएकोमा आर्थिक वर्ष २०८०/ ०८१ का लगि २१ करोड ८७ लाख, आ.व. २०७९/ ०८० मा २४ करोड ८१ लाख पाएको तुलसीपुर उपमहानगरपालिकाले २० करोड ३४ लाख, आ.व. २०७९/ ०८० मा ११ करोड ७० लाख पाएको लमही नगरपालिकाले नौ करोड ५९ लाख, नौ करोड २५ लाख पाएको गढवा गाउँपालिकाले आठ करोड १६ लाख, छ करोड ७२ लाख पाएको दंगीशरण गाउँपालिकाले पाँच करोड ५१ लाख, छ करोड ९० लाख पाएको बंगलाचुली गाउँपालिकाले पाँच करोड ६६ लाख, सात करोड २५ लाख पाएको बबई गाउँपालिकाले छ करोड ३५ लाख, सात करोड १३ लाख पाएको राजपुर गाउँपालिकाले पाँच करोड ८५ लाख, १० करोड ५३ लाख पाएको राप्ती गाउँपालिकाले आठ करोड ६३ लाख र आ.व. २०७९÷०८० मा सात करोड ४५ लाख अनुदान पाएको शान्तिनगर गाउँपालिकाले आर्थिक वर्ष २०८०/ ०८१ का लगि छ करोड ११ लाख पाएको छ ।

त्यस्तै कार्यसम्पादनमा आधारित अनुदानतर्फ घोराही उपमहानगरपालिकाले ५३ लाख, तुलसीपुर उपमहानगरपालिकाले ४९ लाख, लमही नगरपालिकाले ४१ लाख, गढवा गाउँपालिकाले ४५ लाख, दंगीशरण गाउँपालिकाले ४७ लाख, बंगलाचुली गाउँपालिकाले ५० लाख, बबई गाउँपालिकाले ३९ लाख, राजपुर गाउँपालिकाले ३८ लाख, राप्ती गाउँपालिकाले ५४ लाख र शान्तिनगर गाउँपालिकाले ४५ लाख अनुदान पाएका छन् ।

सशर्तमा पनि घट्यो विकास बजेट

आर्थिक वर्ष २०८०/ ०८१ का लगि सशर्त अनुदानतर्फ चालु बजेटमा घोराही उपमहानगरपालिकाले ७१ करोड २८ लाख, तुलसीपुर उपमहानगरपालिकाले ६२ करोड ९० लाख, लमही नगरपालिकाले २२ करोड ५९ लाख, गढवा गाउँपालिकाले १९ करोड ७८ लाख, दंगीशरण गाउँपालिकाले १३ करोड नौ लाख, बंगलाचुली गाउँपालिकाले १८ करोड ५७ लाख, बबई गाउँपालिकाले १६ करोड ८५ लाख, राजपुर गाउँपालिकाले १४ करोड ९९ लाख, राप्ती गाउँपालिकाले १९ करोड १६ लाख र शान्तिनगर गाउँपालिकाले १६ करोड ४६ लाख अनुदान पाएका छन् ।

चालुतर्फ केही बढे पनि सशर्त अनुदान तर्फको विकास बजेट भने घटेर आएको छ । पूँजीगततर्फ आ.व. २०७९/ ०८० मा सात करोड ३० लाख पाएको घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/ ०८१ का लागि तीन करोड ८६ लाख, छ करोड ६३ लाख पाएको तुलसीपुर उपमहानगरपालिकाले दुई करोड २३ लाख, १६ करोड ९१ लाख पाएको लमही नगरपालिकाले एक करोड ५४ लाख, दुई करोड ६७ लाख पाएको गढवा गाउँपालिकाले एक करोड १८ लाख, चार करोड ३७ लाख पाएको दंगीशरण गाउँपालिकाले तीन करोड ७९ लाख, तीन करोड ४५ लाख पाएको बंगलाचुली गाउँपालिकाले दुई करोड ७७ लाख, द्ुई करोड ३९ लाख पाएको बबई गाउँपालिकाले दुई करोड १५ लाख, चार करोड २६ लाख पाएको राजपुर गाउँपालिकाले तीन करोड ७५ लाख, चार करोड ८१ लाख पाएको राप्ती गाउँपालिकाले दुई करोड ६८ लाख र आ.व. २०७९/ ०८० मा दुई करोड ५४ लाख अनुदान पाएको शान्तिनगर गाउँपालिकाले एक करोड ४८ लाख पाएको छ ।

विशेष अनुदानमा पनि कटौती

त्यस्तै विशेष अनुदानतर्फ चालु बजेटमा राप्ती गाउँपालिकाले ८५ लाख अनुदान पाएको छ भने पूँजीगत प्रकृतितर्फ दुई करोड पाएको घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/ ०८१ का लागि ७५ लाख मात्रै पाएको छ । आ.व. २०७९/ ०८० मा एक करोड ३० लाख पाएको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/ ०८१ का लागि एक करोड पाएको छ ।

आ.व. २०७९/ ०८० मा तीन करोड पाएको लमही नगरपालिकाले आर्थिक वर्ष २०८०/ ०८१ का लागि यो शीर्षकमा बजेट पाएन । आ.व. २०७९/ ०८० मा दुई करोड पाएको गढवा गाउँपालिकाले आर्थिक वर्ष २०८०/ ०८१ का लगि एक करोड १५ लाख, एक करोड ५० लाख पाएको बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८०/ ०८१ का लागि ९० लाख, एक करोड पाएको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८०/ ०८१ का लागि ५० लाख, एक करोड अनुदान पाएको शान्तिनगर गाउँपालिकाले ८० लाख पाएको छ । त्यसैगरी दंगीशरण गाउँपालिकाले ९० लाख, बबई गाउँपालिकाले एक करोड, राजपुर गाउँपालिकाले ७५ लाख पाएको छ ।

त्यस्तै समपूरक अनुदान (पूँजीगत प्रकृति) तर्फको बजेट पनि घटेर आएको छ । आ.व. २०७९/ ०८० मा एक करोड अनुदान पाएको घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/ ०८१ का लगि ६० लाख मात्रै पाएको छ, आ.व. २०७९/ ०८० मा एक करोड ६० लाख पाएको तुलसीपुर उपमहानगरपालिकाले ७५ लाख, दुई करोड पाएको लमही नगरपालिकाले ५० लाख, ९० लाख पाएको बंगलाचुली गाउँपालिकाले ५० लाख, एक करोड ४० लाख अनुदान पाएको शान्तिनगर गाउँपालिकाले एक करोड अनुदान पाएका छन् । त्यसैगरी समपूरक अनुदान (पूँजीगत प्रकृति) तर्फ राप्ती गाउँपालिकाले एक करोड १० लाख, राजपुर गाउँपालिकाले ६५ लाख, बबई गाउँपालिकाले ५० लाख, दंगीशरण गाउँपालिकाले ५० लाख र गढवा गाउँपालिकाले ८० लाख अनुदान पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे