LISTEN LIVE RADIO

जन्मदिनमा शिवसवरी धामका संस्थापक अध्यक्ष चौधरीद्धारा निलसागरलाई कपडा सहयोग



जन्मदिनमा शिवसवरी धामका संस्थापक अध्यक्ष चौधरीद्धारा निलसागरलाई कपडा सहयोग

सिसहनियाँ १३ जेठ । जन्म दिन मनाउने तरिका सवैको आ–आफ्नै हुन्छ । कसैले केक काटेर त कसैले भोजभतेर गरेर लाखौ रूपैयाँ खर्च गरिरहेका हुन् । तर दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा रहेको शिवसवरी धामका संस्थापक अध्यक्ष मिश्रुलाल चौधरीले आफ्नो २८ औँ जन्म दिन फरक तरिकाले मनाएका छन् ।

उनले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा एक कार्यक्रमको आयोजना गरी आश्रमका असाहाय, अशक्त तथा सडकआश्रित आमाबुवाहरूलाई थोरै भए पनि राहत मिलोस भन्नका लागि करिव १५ हजार रुपैयाँ बराबरको २५ सेट टिसर्ट र हाप पाइन्ट प्रदान गर्नुका साथै सरसफाईका लागि फिनेल समेत प्रदान गरि जन्म दिन मनाएका छन् ।

आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा चौधरीले आफ्नो जन्म दिनमा फजुल खर्च गर्नु भन्दा दिनदुखीहरुलाई सेवा गर्न पाए धर्म हुन्छ भन्ने लागेर निलसागरमा जन्म दिन मनाएको बताएका छन् । चौधरीलाई आश्रमकी कर्मचारी दिलमाया सेनले टिका र माला लगाएर शुभकामना दिएकी थिइन् भने आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीले जन्म दिनका अवसरमा सहयोग गर्ने चौधरीलाई धन्यवाद समेत प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे