LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशलाई योगमय बनाउन पहल गरिने छ : उपसभामुख मेनुका खाँड केसी 



लुम्बिनी प्रदेशलाई योगमय बनाउन पहल गरिने छ : उपसभामुख मेनुका खाँड केसी 

भालुवाङ १३ जेठ । लुम्बिनी प्रदेशकी उप सभामुख मेनुका खाँड केसीले लुम्बिनी प्रदेशलाई योगमय प्रदेश बनाउन पहल गर्ने बताएकी छिन् ।

“स्वस्थ, समृद्ध र संस्कारयुक्त व्यक्ति, समाज एवम् राष्ट्र निर्माणका लागि योग” भन्ने मुल नाराका साथ पतञ्जली योग समिती लुम्बिनी प्रदेश र राप्ती गाउँपालिकाको संयुक्त आयोजनामा बिहीबार देखि राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाको टुडिखेलमा सुरू भएको बृहत योग विज्ञान एवम् स्वास्थ्य जागरण शिविरलाई शनिबार समापन गर्दै उपसभामुख घर्तीले सो कुरा बताएकी हुन् । उप सभामुख केसीले प्रदेशका नागरिकहरूलाई निरोगी बनाउन पनि योग तथा स्वज्ञान सवैका लागि आवश्यक रहेकोले प्रदेशका सवै जिल्लालाई योगमय बनाउन आफुले पहल गर्ने बताएकी छिन् ।

त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पालिकाका सवै नागरिकलाई स्वस्थ बनाउन यश आर्थिक वर्षमा प्रत्येक वडामा योग शिविर सञ्चालन गर्ने र पालिकालाई योगमय बनाउने प्रतिवद्वता जनाएका छन् । स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन ठुला  समाजलाई सकरात्मक दिशा तिर अगाडी बढाउन तथा समाजमा हुने झै झगडा, कलह हुन नदिनका लागि एकले आर्कालाई सहयोग गर्ने भावनाको विकास गराउन पनि योग शिविर आवश्यक रहेको बताएका छन् ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा शिविर सम्पन्न भएको थियो । ३ दिन सम्म सञ्चालन भएको शिविरमा पतञ्जली योग समिति नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्र र युवा नेपाल समितिका केन्द्रीय संयोजक लोकनाथ खनालले प्रशिक्षण दिएका थिए । कार्यक्रमको सञ्चालन प्रदेश प्रभारी प्रेम शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे