LISTEN LIVE RADIO

तरकारी खेतीमा किशोरीहरुको आकर्षण



तरकारी खेतीमा किशोरीहरुको आकर्षण

गढवा १३ जेठ । गढवा ५ धर्मपुरकी श्रृष्टि चौधरीले लमहीको रोजि बर्डस कक्षा ११ मा पढ्दै छिन् । दिनभर स्कूमा पठ्न गएपनि साँझ बिहान तरकारी खेती गरेर पढाई खर्चको जोहो गर्ने उनको योजना छ ।

आफ्नो जग्गामा साँझ बिहान तरकारी खेति गरेर आयआर्जन गर्ने उद्देश्य लिएर मुक्त कमलरी बिकास मञ्चले गढवामा सञ्चालन गरेको ५ दिने तरकारी खेती सम्बन्धि तालिम गर्न आएकी छिन् । बिद्यालयमा पढ्ने किशोरीहरु समेत तरकारी खेती गर्न कस्सिए पछि आकर्षण बढेको पाइएको हो । यसअघि तरकारी खेती गर्न कुनै बिधि प्रकृया थाहा नभएको तर तालिम लिएपछि अब खेती गर्न सकिने क्षमताको बिकास भएको गढवा ७ मानपुर निवासी करुणा चौधरीले बताए । पाँच दिन सम्म तालिम लिएपछि तरकारी खेतीमा लाग्ने रोग किराहरुका बारेमा थाहा भयो भने किटनासक औषधी र मलखाद प्रयोग गर्ने बिधि समेत बुझ्न पाईयो । अब मजाले तरकारी खेति गरेर आयआर्जनको बाटो रोज्ने जाँगर पलाएको छ–गढवा ५ धर्मपुर निवासी संजिता चौधरीले भनिन् ।

गत जेठ ८ गतेदेखि मुक्त कमलरी बिकास मञ्चले सिमान्तकृत समुदायका १० जना किशोरीहरुलाई छनोट गरी पाँच दिने प्रयोगात्मकम तथा सैद्धान्तिक तालिम सञ्चालन गरेको फिल्ड संयोजक ज्ञानु थापाले जानकारी दिए । तालिममा सहभागि भएका सबै किशोरीहरुलाई तरकारी खेतिकालागि बिउ पूँजीको रुपमा टनेल बनाउन प्रति ब्यक्ति १० हजारका दरले नगद अनुदान दिने योजना समेत रहेको थापाले बताए ।
बिपन्न सिमान्तकृत थारु समूदायका १० जना किशोरीहरुलाई तरकारी खेती गरेर आयआर्जन गर्न र उनिहरुको जिविकोपार्जनमा सहयोग पुर्याउन मुक्त कमलरी बिकास मञ्चले यस्तो कार्यक्रम राखेको मुक्त कमलरी बिकास मञ्च दाङका अध्यक्ष गिता चौधरीले बताइन् । तालिम लिएका सबै किशोरीहरुले ब्यवसायिक योजना बनाएर तरकारी खेतीमा लागे संस्थाको तर्फबाट हरदम प्राबिधिक सहयोग समेत रहने चौधरीले बताइन् ।

यसै बिच मुक्त कमलरी बिकास मञ्च दाङका अध्यक्ष गिता चौधरीको अध्यक्षतामा गढवा स्थित सामुदायिक पुस्तकालयमा सुरु भएको पाँच दिने तरकारी खेती तालिम शुक्रवार समापन गरिएको छ । कार्यक्रममा पत्रकार शिबराज पन्थी, गढवा गाउँपालिकाका कृषि प्राबिधीक तथा प्रशिक्षकहरु फूलनदेवि चौधरी, हेमराज पुन र सहभागी सिमा चौधरी लगायतले ब्यवसायीक सफलताको शुभकामना ब्यक्त गरेका थिए । समापन कार्यक्रमको सहजीकरण मुक्त कमलरी बिकास मञ्च दाङका फिल्ड संयोजक ज्ञानु थापाले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे