LISTEN LIVE RADIO

राप्तीमा बजार अनुगमन जारी : पाँचौ दिन ७० हजार ५ सय रुपैयाँ राजश्व संकलन



भालुवाङ ७ जेठ । दाङको राप्ती गाउँपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । व्यापारीहरुलाई करको दायरामा ल्याउन बजार अनुगमनलाई तीब्र बनाएको हो । गाउँपालिकाले जेठ १ गते देखि सुरु गरेको बजार अनुगमनको आइतवार पाँचौ दिन पनि भालुवाङ पुल्चोक बजार अनुगमन गरिएको छ ।

विशेष गरि पसलहरु गाउँपालिकामा दर्ता भए नभएको, नवीकरण गरे नगरेको, मुल्य सुची राखे नराखेको, म्याद नाघेको छ वा छैन, होडिङ बोर्ड राखे नराखेको लगायतका विषयमा अनुगमन भइरहेको राप्ती गाउँपालिका आर्थिक विकास शाखाका प्रमुख जीवराज पौडेलले जानकारी दिएका छन् ।

पाँचौ दिन कुल ३६ वटा पसलको अनुगमन गर्दा किराना पसल, डेरी, र औषधी पसलबाट म्याद नाघेको करिव ३० हजार बराबरको सामान बरामद गरेको शाखा प्रमुख पौडेलले जानकारी दिएका छन् । यस्तै अनुगमनका क्रममा नयाँ पसल दर्ता र नविकरणबाट पाँचौ दिन ७० हजार ५ सय रूपैयाँ राजश्व संकलन गर्न सफल भएको राप्ती गाउँपालिका राजश्व इकाईकी कर्मचारी सुनिता बस्नेतले जानकारी दिएकी छिन् ।

अनुगमनमा राप्ती गाउँपालिका आर्थिक विकास शाखा प्रमुख जिवराज पौडेल, राजश्व इकाईकी सुनिता बस्नेत, भुमि शाखाका नारायण न्यौपाने, राप्ती उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बाबुराम थापा र देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता र इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरीहरु रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे