प्रेस चौतारी दाङले राप्तीबाट हुमा सुनार सहित ५ जना पत्रकारहरुलाई पुरस्कृत गर्दै



प्रेस चौतारी दाङले राप्तीबाट हुमा सुनार सहित ५ जना पत्रकारहरुलाई पुरस्कृत गर्दै

दाङ १६ बैशाख । प्रेस चौतारी नेपाल दाङ शाखाको बैठक शनिवार घोराहीमा सम्पन्न भएको छ । बैठकले बैशाख १८ मा गरिने चौतारी दाङको साधरणसभा तथा वनभोज कार्यक्रमलाई सम्पन्न गर्न जिम्मेवारी बाँडफाँड गरेको छ ।

बैठकले साधारणसभा सम्पन्न गर्न अतिथि सत्कार, माइन्यूट लेखन तथा व्यवस्थापनमा सुधासुमन ढकाल, महेश बस्नेत, दिप्तीशिखा चौधरी, मुना खनाललाई जिम्मेवारी दिएको छ । त्यसैगरेर आर्थिक व्यवस्थापनमा गोकर्ण पौडेल, कार्यक्रम स्थल संयोजन तथा व्यवस्थापनमा शिव घर्ती, मेस व्यवस्थापनमा एकराज भण्डारी, चन्द्र प्रकाश नेपालीलाई जिम्मेवारी दिएको छ । बैठकमा संगठनका सचिव किरण गौतमले पेश गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गोकर्ण पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझाव सहित सर्वसम्मत पारित गरी अनुमोदनका लागि साधारणसभामा पेश गर्ने निर्णय गरेको छ ।

शाखामा स्थापना भएका पुरस्कारहरु पुरस्कार छनौट समितिले गरेको प्रस्ताव अनुसार पत्रकारहरुलाई प्रदान गर्ने निर्णय गरेको सचिव गौतमले बताए । राप्ती गाउँपालिका क्षेत्रबाट प्रेस चाैतारी नेपाल राप्तीकी अध्यक्ष हुमा सुनार सहित ५ जना पत्रकारहरु पुरस्कृत हुन लागेका छन् । जस अनुसार चौतारी प्रतिभा पुरस्कार हुमबहादुर विश्वकर्मा (हिमाल) र हुमा कुमारी सुनार, हिमदेवा स्मृति साहसिक पत्रकारिता पुरस्कार, रञ्जिता अधिकारी, कृष्णजीत पत्रकारिता पुरस्कार नवीन चौधरी, मदन स्मृति आर्थिक पत्रकारिता पुरस्कार माधव कँडेललाई दिने निर्णय गरेको छ । त्यसैगरेर बैठकले लुम्बिनी प्रदेश सरकार मातहतको सञ्चार समन्वय परिषद्को सदस्यमा नियुक्त भएका दाङका सल्लाहकार वसन्त आचार्य र सरस्वती माध्यमिक विद्यालय बबई गाउँपालिका ७ चरकमटिया, दाङको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएकोमा संगठनका दाङ उपाध्यक्ष प्रेमबहादुर राम्जालाई बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।

साधरणसभामा संगठनका केन्दीय अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष सविन प्रियासन र महासचिव हिरामान लामा लगायतका संगठनका नेताहरुलाई निमन्त्रणा गर्ने निर्णय गरेको छ । चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षता एवम नेकपा एमाले दाङ इन्चार्ज नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको बैठक सम्पन्न भएको थियो । बैठकलाई संवोधन गदै पार्टीका इन्चार्ज चौधरीले संगठनको कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिए ।

‘ पार्टीको कामलाई सञ्चारसँग जोडन संगठनले महत्वपुर्ण भूमिका खेलेको छ । त्यो कार्यलाई अझ थप प्रभावकारी बनाउने काम गर्नुस’ उनले भने । बैठकमा चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियाशन, संगठनका दाङका इन्चार्ज गणेश आचार्य, चौतारीका नेता तथा दाङ पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी र सल्लाहकार बसन्त आचार्य लगायतले मनतव्य राखेका थिए । संगठनका उपाध्यक्ष प्रेमबहादुर राम्जाको स्वागत मनतव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव किरण गौतमले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे