लमहीकाे बनकट्टामा एक जनाको कुलोमा डुबेर  मृत्यु



लमहीकाे बनकट्टामा एक जनाको कुलोमा डुबेर  मृत्यु

लमही १५ मंसिर । दाङको देउखुरीमा आइतबार बेलुका कुलोमा डुबेर एक जनाको मृत्यु गएको छ । लमही नगरपालिका वडा नम्बर २ बनकट्टा निवासी अन्दाजी ३० बर्षीय रमेश परियारको सोही ठाउँ भएर बग्ने कुलोमा डुबेर मृत्यु भएको हो ।

वडाध्यक्ष नेपालु चौधरीका अनुसार लमही नगरपालिका वडा नं. २ बनकट्टा स्थित कुलोमा डुबेको अवस्थामा परियारको शब फेला परेको हो ।आइतबार बेलुका ५ बजे तिर स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए । अहिले वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेल सहितको टोलि घटनास्थल पुगेको प्रहरी नायब निरीक्षक पुरान मल्लले जानकारी दिए । परियारको शबलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे