आशाका किरण संस्थाले दुई वृद्धा आमाहरू सँग मातातिर्थ औंशी मनायो



भालुवाङ ८ वैशाख । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले वृद्धा आश्रम र शिव मन्दिरमा बस्दै आएकी आमा सँग मातातिर्थ औंशी मनाएको छ ।

संस्थाका वरिष्ठ उपाध्यक्ष दिवस आचार्यको नेतृत्वमा बिहीबार गएको टोलीले लमही नगरपालिका वडा नम्बर १ सुन्डवरीमा रहेको सिर्जनशील वृद्धवृद्वा सेवा समिति (आश्रम) मा बस्दै आएकी लमही निवासी ६० वर्षिय आमा बेलमती भुसाल र राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक स्थित शिव मन्दिरमा बस्दै आएकी एक आमा सँग मातातिर्थ औंशी मनाएको छ ।

ती दुवै आमाहरूलाई फलफूल, जुस खुवाएर आशिर्वाद लिई मातातिर्थ औंशी मनाएको संस्थाका वरिष्ठ उपाध्यक्ष दिवस आचार्यले जानकारी दिएका छन् । २०६० सालमा स्थापना भएको वृद्व आश्रम सञ्चालन गर्न त्यहाँका वद्ववृद्वा महिला समुहको योगदान रहेको छ ।

२०७२/०७३ सालमा महायज्ञ लगाएर स्थापना गरिएको आश्रमको आफ्नै नाममा १ विगाहा जग्गा रहेको र त्यसमा फलफूल बगैंचा समेत रहेका केही आम्दानी त्यहाँबाट भए पनि खाद्यान्न जुटाउन भने समस्या रहेको समितिका उपाध्यक्ष लक्ष्मणपवन शर्माले जानकारी दिएका छन् ।

हाल निर्माण गरिएको भवन महायज्ञको रकम, लमही नगरपालिका, प्रदेश र संघ सरकारको लगानी रहेको छ । हाल सो आश्रममा एक जना बुवा र एक जना आमा बस्दै आएका छन् । सो कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष दिवस आचार्य, सचिव थमन राना, साधारण सदस्यहरू पवित्रा विक, दिपेश आचार्य, कमल आचार्य, प्रेस संयोजक ओमप्रकाश गुप्ता र भालुवाङ नगर विकास समितिका पुर्व अध्यक्ष ओमप्रकाश बुढाथोकीको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे