LISTEN LIVE RADIO

दाङकाे कुइरेपानीमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते



दाङ ५ चैत । दाङमा आइतवार बेलुका मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको ०३००१ क ०१६९ नम्बरको मिनी ट्रकले घोराही लमही सडकखण्डको कुइरेपानीमा प्रदेश ०२ – ०६१ प ३६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार प्यूठान नौवहिनी गाउँपालिका–६ का ३२ वर्षका राजन केसीको मृत्यु भएको प्रहरीले जनाएको छ

दुर्घटनामा घाइते भएका केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो। दुर्घटनामा केसीकी श्रीमती २६ वर्षकी सन्ध्या केसी र दुई वर्षकी छोरी राष्ट्रियता केसी गम्भीर घाइते भएकी छन्। घाइतेको दुवै जनाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको दाङका प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे