LISTEN LIVE RADIO

गढवा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा इबराज यादव निर्वाचित



गढवा ५ चैत । दाङमा एकीकृत समाजवादीनिकट अनेरास्ववियुले खाता खोलेको छ। गढवा बहुमुखी क्याम्पसमा समाजवादी निकट अनेरास्ववियुका इबराज यादव सभापति पदमा निर्वाचित भएका छन्। यादवले ६३ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका गोविन्द यादवले ४१ मत प्राप्त गरे।

सभापति पदमै अखिल क्रान्तिकारी वैद्यनिकटका विशाल यादवले चार मत प्राप्त गरेका छन्। कुल १७९ मतदाता रहेको क्याम्पसमा जम्मा ११३ मत खसेको थियो। स्ववियु निर्वाचनमा उक्त क्याम्पसमा एकीकृत समाजवादीनिकट अनेरास्ववियु र वैद्यनिकट अखिल क्रान्तिकारीले एक्ला–एक्लै मनोनयन दर्ता गराएका थिए भने अखिल क्रान्तिकारीले गठबन्धन गरेको थियो।

सचिवमा एकीकृत समाववादीनिकट अनेरास्ववियुकी पुष्पा खड्का निर्वाचित भएकी छन्। उनले ७० मत प्राप्त गरिन्। अखिल छैठौंकी पुष्पा धितालले ३८ मत ल्याइन्। कोषाध्यक्षमा वैद्यनिकट अखिल क्रान्तिकारीका ओमप्रकाश यादव ७९ मत प्राप्त गरी निर्वाचित भएका छन्। कोषाध्यक्षमा नेपाल विद्यार्थी संघका सुदीप बुढाथोकीले ३१ मत प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे