LISTEN LIVE RADIO

बङ्गलादेशमा बस दुर्घटना हुँदा १९ जनाको ज्यान गयो



बङ्गलादेशकाे दक्षिणी जिल्ला शिवचरमा बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । आइतवार बिहान भएकाे दुर्घटनामा अन्य २५ जना घाइते भएका छन् ।

केही समयअघि मात्रै निर्माण गरिएको द्रुत मार्गमा यात्रुवाहक बस दुर्घटनामा परेकाे बीबीसी हिन्दीले जनाएकाे छ । तीव्र गतिमा रहेको बस सडकको रेलिङमा ठोकिएर खाडलमा खसेको बङ्गलादेशको प्रहरीले जनाएको छ । पुराना तथा नियमित मर्मत नगरिएका गाडी तथा खराब सडकका कारण बङ्गलादेशमा सडक दुर्घटना भइरहन्छन् । गएको वर्ष बङ्गलादेशमा सडक दुर्घटनामा परि नौ हजार नौ सय ५१ जनाको ज्यान गएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे