LISTEN LIVE RADIO

जनता सँग जनश्रमदान गर्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट



सिसहनियाँ २० फागुन । कच्ची माेटर बाटो छ, नियमित यातायातका साधनहरु चल्दैन। घण्टाै पैदल यात्रा हिडेर बजार जानुपर्ने बाध्यता छ । त्यस माथि गर्मीयाम शुरु भएको छ। पैदल हिडेर बजार आउन जान झनै समस्या हुने गर्दछ। बाटाेकाे छेउछाउमा सितलमा बस्ने ब्यवस्थित छहारी कत‌ै छैन। “यी र यस्तै समस्या तथा गुनासोहरु सुनाउँदै थिए राप्ती गाउँपालिका वडा नम्बर ५ काे विकट पहाडी गाउँ करङ्गेकाेटका ६५ वर्षीय प्रेमलाल दर्लामी मगर साेही समयमा एकाएक राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट हातमा घन र हथौडा लिएर त्यहाँ पुगे।गाउँपालिका अध्यक्ष विष्टलाई एक्कासी त्यहाँ देख्दा उनी अचम्मित भए । एक छिन पछि करङ्गेकाेट टाेल विकास संस्थाका पदाधिकारी तथा स्थानीय बुद्धिजीवी ,समाजसेवी र अन्य व्यक्तिहरु पनि त्यहाँ आइ पुगे ।अनि चाैतरी निर्माणकाे काम शुरु भयो । याे कुनै काल्पनिक नभई यथार्थ घट्ना थियो । शनिबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अगुवाइ तथा करङ्गेकाेट टाेल विकास संस्थाको सक्रियतामा वडा नम्बर ५ सिसहनियाँ देखि साेही वडाकै विकट पहाडी गाउँ करङ्गेकाेट जाेड्ने बाटाेमा जनश्रमदान गरि व्यबस्थित चाैतारी निर्माण कार्यकाे शुरु गरिएको छ।बाटाेमा हिड्ने पैदल यात्रीहरुका लागि सहज रुपमा थकान मेटाउने र वर्षै पहिले निर्माण भएका चाैतारीहरुकाे संरक्षण गर्ने उदेश्यले जनश्रमदानबाट चाैतारी संरक्षण गर्न लागिएको अध्यक्ष विष्टले जानकारी दिए । त्यस्तै उनले पछिल्लो समय युवाहरुमा सामाजिक सेवाको भावना हराउदै गएको प्रति चिन्ता व्यक्त गर्दै युवा पस्ताहरुमा सामाजिक सेवा गर्ने भावना जागृत गराउ पनि जनश्रमदानमा सहभागी भएको बताए । यस क्षेत्रका बालबालिकाहरू लाई उच्च शिक्षा हाँसिल गर्न टाढा जानू पर्ने बाध्यता छ। भरपर्दो माेटर बाटाे छैन, खानेपानी ,बिजुली बत्ती ,स्वास्थ्य सेवाकाे पनि उत्तिकै समस्या छ। यी सम्पूर्ण समस्याको समाधान गर्नु राज्यको कर्तव्य पनि हाे त्यसको लागि मैले प्रदेश र संघ सरकार समक्ष विशेष पहल गर्ने छु। “उनले भने। त्यस्तै उहाँले आफ्नो पाँच वर्षे कार्यकालमा विकट बस्तीहरुकाे समस्या लाई प्राथमिकतामा राखेर काम गर्ने बताउदै ग्रामीण क्षेत्रमा बसाेबार गर्ने व्यक्तिहरुकाे जीवनस्तर उकास्ने खालका कार्यक्रमहरु सञ्चालन गर्ने याेजना रहेको बताए।साे चाैतारी निर्माण कार्यमा करङ्गकाेट टाेल विकास संस्थाका अध्यक्ष गिरबहादुर थापा मगर, समाजसेवी तथा जनता आधारभूत विद्यालय करङ्गेकाेटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर थापा मगर, प्रावि थकरीकाेटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश थापा मगर, बाल प्रगती प्रावि तल्लो घाेसखाेलाका प्राध्यनाधपक गाेविन्द चाैधरी, समाजसेवी मनाेज दर्लामी मगर, सन्तराम सारु मगर, युवराज थापा मगर, तन बहादुर दर्लामी मगर, धन बहादुर थापा मगर लगायत स्थानीयबासीहरुकाे उल्लेख्य सहभागीता रहेको थियो ।

Seen by PressOmprakash Gupta at Friday 22:46

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे