तुलसीपुरमा बस र मोटरसाइकल ठोक्किदा गम्भीर घाइते पुनकाे मृत्यु



तुलसीपुरमा बस र मोटरसाइकल ठोक्किदा गम्भीर घाइते पुनकाे मृत्यु

तुलसीपुर १३ मंसिर । बस र मोटरसाइकल ठोक्किदा गम्भीर घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । शनिबार तुलसीपुर उपमहानगरपालिका वडा न. २ कुमलगढीमा भएको दुर्घटनामा परि गम्भीर घाईते भएका रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ९ निवासी २३ बर्षीय किरण पुनको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्व तर्फ आउदै गरेको रा १ ख २११० नम्बरको बस र पश्चिम तर्फ जादै गरेको लु ४१ प २१३ नम्बरको मोटरसाइकल विहान साढे ११ बजेतिर एक आपसमा ठोक्किदा गम्भीर घाईते भएका मोटरसाईकल चालक पुनको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख नायब उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

साथै मोटरसाइकलमा सवार सल्यान शारदा नगरपालिका २ निवासी २१ वर्षीय लक्ष्मण बोहरोको पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे