LISTEN LIVE RADIO

छोराहरुले पूरा गरिदिए बुवाको सपना, देविकाेटमा पन्त परिवारद्वारा शिवालय मन्दिर स्थापना



लालमटिया १७ फागुन । दाङकाे घोराही उपमहानगरपालिका-१, साइपुर निवासी स्वर्गीय हुकुमानन्द पन्तको सपना थियो सिवालय मन्दिर निर्माण गर्ने तर सपना पूरा नहुँदै उनको निधन भयो । तर उनको सपना भने छोराहरुले पूरा गरिदिएका छन् ।

प्रशंङ्ग हाे, देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ९ मा रहेको भद्राक्षी देबिको मन्दिर परिसरमा स्वर्गीय हुकुमानन्द पन्तका परिवारले आफ्नै लगानीमा शिवालय मन्दिर स्थापना गरेका छन् । उक्त शिवालय मन्दिरकाे धार्मिक परम्परा अनुसार भगवान शिवको मुर्ती स्थापना गरिएको हो ।

स्वर्गीय हुकुमानन्द पन्तका श्रीमतीहरु हिमादेबी पन्त, भागिरथा पन्त, छोराहरु चन्द्रराज पन्त, कृष्णकुमार पन्त, केशबराज पन्त , कमलकुमार पन्त र दिनेशराज पन्तले उक्त मन्दिर स्थापना गरेको स्व. पन्तका छोरा केशवराज पन्तले जानकारी दिए ।

हिन्दु धार्मिक परम्परा अनुसार पुजा अर्चना गरि स्थापना गरिएको उक्त शिवालय मन्दिर आज देबिकोट धार्मिक तथा पर्यटन बिकास समितीका अध्यक्ष दुर्योधन पाण्डेलाई हस्तान्तरण गरिएको थियो ।

श्री सोस्थानी व्रत कथा अध्याय ९ अनुसार सतिदेबीको बायाँ घुडा पतन भएको धार्मिक बिश्वास रहेको उक्त भद्राक्षी देबिको मन्दिर राप्ती गाउँपालिकाको धार्मिक पर्यटकिय स्थलकाे रूपमा लिइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे