LISTEN LIVE RADIO

राजपुरको खाङ्ग्रा नाकामा तीन कोठे प्रसूती गृहको शिलान्यास, भारत जाने समस्याबाट मुक्त



दाङ १७ फागुन । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ खाङ्ग्रा नाकामा ३ कोठे प्रसूति गृहको शिलान्यास गरिएकाे छ ।

उक्त तीन कोठे भवनको सोमबार राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी र वडा नम्बर ६ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता श्यामबहादुर रोका मगरले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । संघीय मन्त्रालयद्वारा विनियोजित २५ लाखको बजेटबाट निर्माण हुन लागेको सो तीन कोठे भवन निर्माण कार्यको ठेक्का केसी निर्माण सेवाले लिएको वडाध्यक्ष रोका मगरले जानकारी दिए । उनका अनुसार यो सेवा सुरु भयो भने ६ नम्बर वडा नाका क्षेत्रको कल्याणपुर,खाङ्ग्रा,अडबरुवा,बैरवा,गौरिया, गन्धेला,छेकरिया,डगमारा गाउँका नागरिकले सेवा लिने छन् ।

त्यस्तै यस अघि प्रसूतिको लागि नेपाल आउनको लागि बाटोको कारण सम्भावना नभएको र प्रस्तुति गराउनको लागि इन्डिया जानुपर्ने बाध्यता रहेको थियो । तर अहिले उक्त प्रसूति सेवा नाकामै सुरु हुनेभएपछि विगतमा भोग्दै आउनु परेको समस्याबाट नागरिकहरु मुक्त भएको वडा अध्यक्ष रोका मगरले जानकारी दिए ।

यसै गरी राजपुर गाउँपालिका अध्यक्ष बुढाथोकीले नाका क्षेत्रको हकमा राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाकामा विगत केही वर्ष देखि यता प्रसूति सेवा संचालन भइ सेवा दिदै आइरहेको जानकारी दिए । यस्तै उता वडा नम्बर १ पटौली नाकामा एकीकृत सेवा केन्द्रको रुपमा अहिले गापाको बजेटबाट सुविधा सम्पन्न भवन निर्माण हुँदै गरेको बताए । तर उक्त भवन एकीकृत सेवाको लागि निर्माण भएपनि प्रसूति सेवा प्रदान गर्न सकिने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

त्यस्तै अध्यक्ष बुढाथोकीले आफ्नो कार्यकालमा नाका क्षेत्रको वडा नम्बर १ पटौली,वडा नम्बर ६ को खाङ्ग्रा,वडा नम्बर ७ को भैसाही नाकाको गाउँमा पुर्व-पश्चिमका नागरिकलाई सहज हुनेगरि ३ ठाउँमा एकीकृत स्वास्थ्य चौकीको लागि सुविधा सम्पन्न दुई तल्लाको भवन निर्माणगरि सेवा प्रदान गर्ने योजनामा रहेको बताए । यस्तै अबका हरेक स्वास्थ्य शिविरहरु नाका क्षेत्रलाई पहिलो प्राथमिकता दिएर संचालन गर्ने समेत राजपुर गाउँपालिका अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

Seen by PressOmprakash Gupta at Tuesday 20:20

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे