LISTEN LIVE RADIO

देउखुरीकाे पाखापानीमा देउखुरीव्यापी टी-20 क्रिकेट प्रतियाेगिता २०७९ हुने



भालुवाङ १३ फागुन । लुम्बिनी प्रदेशकाे राजधानी दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-१, पाखापानीकाे क्रिकेट मैदानमा देउखुरीव्यापी टी-20 नकाउट क्रिकेट प्रतियाेगिता २०७९ हुने भएकाे छ । राप्तीद्वार क्रिकेट फाउन्डेशन राप्ती गाउँपालिका-१ काे आयाेजना तथा राप्ती गाउँपालिकाकाे १ लाख ५० हजारकाे सहयाेगमा यही फागुन १९ गतेदेखि क्रिकेट प्रतियाेगिता हुन लागेकाे हाे ।

फाउन्डेशनका कार्यबाहक अध्यक्ष दुर्गाप्रसाद गुप्ताकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा यही फागुन १९ गते बिहान ८ बजे उद्घाटन हुने भएकाे छ । उक्त प्रतियाेगिताका प्रथम हुने टिमलाई करकट्टी गरी नगद ३० हजार, कप, मेडल, प्रमाण-पत्र र दाेस्राे हुने टिमलाई करकट्टी गरी नगद २० हजार, कप, मेडल, प्रमाण-पत्र प्रदान गर्ने आयाेजकले जनाएकाे छ ।

पत्रकार सम्मेलनमा फाउन्डेशनका सदस्यहरू सुवास भुसाल, सुमन ज्ञवाली, राप्ती प्रेस मञ्चका मुख्य संरक्षक महेश रिजाल, मञ्चका अध्यक्ष अर्जुन अधिकारी, बरिष्ठ उपाध्यक्ष सन्ताेषकुमार गुप्ता, प्रथम उपाध्यक्ष बासुदेब न्याैपाने र सचिव भिसुन शाही लगायतका उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण फाउन्डेशनका सचिव हेमराज अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे