LISTEN LIVE RADIO

लुम्बिनी प्रदेश सरकारकाे स्थापना दिवसमा पत्रकार शिवु खनाल सहित ६१ जना विभूषित



भालुवाङ ३ फागुन । लुम्बिनी प्रदेश सरकारकाे छैठौं स्थापना दिवसको अवसरमा ६१ जनालाई विभूषित गरिएको छ । आज दाङ देउखुरीको राप्ती गाउँपालिका ३ मसुरीया सिरिचौरमा आयोजित लुम्बिनी प्रदेशकाे छैठौं स्थापना दिवसका अवसरमा प्रदेश प्रमुख जनसेवा पदकबाट मरणोपरान्त जनार्दन यादव, जीतबहादुर थापालाई विभूषित गरिएको छ । यादवलाई संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पु¥याएको र थापालाई जनयुद्धमार्फत् लोकतान्त्रिक गणतन्त्र स्थापनामा विशेष योगदान पु¥याएको भन्दै विभूषित गरिएको हो । थापा घाइते समेत छन् ।

त्यस्तै मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट डाक्टर मोहिउद्दिन किदवाई र डाक्टर राजन पाण्डेलाई विभूषित गरिएको छ । डाक्टर किदवाईलाई नेपालमै अधिक जनताको शल्यक्रिया गरी जनस्वास्थ्यमा उल्लेख्य योगदान गरेको र पाण्डेलाई तराईका थारु समुदायमा समस्याका रुपमा रहेको सिकलसेल एनेमिया र थालेसिमिया सम्बन्धि स्वास्थ्य समस्या पत्ता लगाई उक्त रोगको उपचारलाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन अनुसन्धानमा सहयोग पु¥याएको भन्दै विभूषित गरिएको हो ।

त्यस्तै प्रदेश सेवा समर्पण पदकबाट डाक्टर विकास देवकोटा, पूर्णमान वली, सीता घिमिरे, मोहन पाण्डे, पुष्पराज पाण्डे, शिवप्रसाद चौधरी, टंकबहादुर गुरुङ, डाक्टर परवेज आलम, शारदाकुमारी चौधरी, कुन्दनकुमार सिंह, भोगबहादुर खड्कालाई प्रदान गरिएको छ ।
त्यस्तै उजीरसिंह दीप पदकबाट डिएसपी मुकुन्दप्रसाद रिजाल, प्रहरी निरिक्षक रञ्जु केसी, हृदेशकुमार सापकोटा, नविन चुदाली, दामोदर मल्ल, मदन गैरे, सुरेन्द्र केसी, मोहन विष्टलाई प्रदान गरिएको छ । समाजसेवा श्रीपदकबाट डाक्टर किशोर खत्री, विमल रिजाल, टोपबहादुर घर्ती, मोहम्मद इरफान सिद्धिकी, मेघराज कक्षपती, खेम पुन (मरणोपरान्त) विभूषित गरिएको छ ।

त्यस्तै प्रदेश रत्नपदकबाट कृष्णराज सर्वहारी, नारायण खड्का, भुपाल पोख्रेल, भिमप्रसाद वाग्ले, हरिबहादुर वली, आशुतोष बराल, जीवन गिरी, शिवनन्दन जयसवाल, हरिकेश यादव, गिरीराज शर्मा, केशबहादुर कार्की, पूर्णबहादुर चौधरी (मरणेपरान्त), पवित्रा घर्तीमगर, मेघराज ज्ञवाली, जगतराम यादव, कर्णबहादुर बुढामगर, ध्रुव गन्दर्भ, मनोज पौडेल, टीकाराम अर्याल, शिवु खनाललाई विभूषित गरिएको छ ।
त्यस्तै प्रदेश प्रज्ञा पदकबाट डाक्टर इन्द्रबहादुर भण्डारी, प्रा.डा. लक्ष्मण ज्ञवाली, अमिर आजम मियालाई विभूषित गरिएको छ । प्रजापती गौतमी पदकबाट औशी विक, राधा घिमिरे (मरणेपरान्त), मिना शर्मालाई विभूषित गरिएको छ । दङ्गीशरण बलिहाङ्ग पदकबाट चन्द्रीका यादव (मरणोपरान्त), लल्लुराम था, गोवद्र्धन थापा, मनोज पौडेल, दुर्गेश यादव (मरणोपरान्त) विभूषित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे