LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाको कोहलवामा ४ काेठे ट्रस्ट भवनकाे शिलान्यास



सिसहनियाँ ३ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ काेहलवामा रहेको श्रीनगर धार्मिक तथा पर्यटकीय क्षेत्रमा निर्माण हुन लागेको चार काेठे ट्रस्ट भवनकाे बुधबार शिलान्यास गरिएको छ ।

भवनको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिलान्यास गरेका हुन् । राप्ती गाउँपालिका वडा नम्बर ८ को करिब ७ लाख ५० हजार रुपैयाँको लागतमा भवन निर्माण हुन लागेकाे हाे । भवन शिलान्यास पछि बाेल्दै अध्यक्ष विष्टले यस क्षेत्र पर्यटकहरूकाे आकर्षक गन्तव्यकाे केन्द्र बन्न सक्ने भन्दै यसकाे विकास र विस्तारका लागि आफुले प्रदेश तथा संघीय सरकार समक्ष विशेष पहल गर्ने बताए । साे अवसरमा उनले उक्त क्षेत्रमा प्रधानमन्त्री स्वराेजगार कार्यक्रम मार्फत निर्माण भई रहेको पदमार्गकाे समेत अवलोकन गरेका थिए ।

साे कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ, निवर्तमान वडा अध्यक्ष गाेकर्णबहादुर राना मगर, शंकर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तुलाध्वज मल्ल, वडा सदस्यहरू भानु विक, चम्फा पुन, सुन्दर शाही, सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकी,पिपरी गाउँ प्रधान पुरन प्रसाद चाैधरी, मेलमिलाप केन्द्रका संयाेजक रुकेन्द्र बहादुर केसी, शंकर सामुदायिक वन उपभोक्ता समुहका काेषाध्यक्ष इमानसिंह कार्की, श्रीनगर धार्मिक तथा पर्यटकीय स्थल निर्माण समितिका अध्यक्ष पदमप्रसाद पाैडेल, रेशम बहादुर थापा, धन बहादुर गुरुङ, सीता कुमारी चाैधरी लगायत स्थानीय बासिन्दाहरुकाे सहभागीता रहेको थियोे ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे