चितवनकाे भरतपुर कारागारबाट जबर्जस्ती करणी मुद्दाका कैदी भागे



चितवनकाे भरतपुर कारागारबाट जबर्जस्ती करणी मुद्दाका कैदी भागे

चितवन १२ मंसिर । जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक जना कैदी भरतपुर कारागारबाट भागेका छन्। कालिका नगरपालिका घर भएका ४५ वर्षीय रेशमलाल श्रेष्ठ कारागारबाट भागेको जिल्ला कारागारका प्रमुख कमलप्रसाद काफ्लेले बताए।

बिहीबार साँझ संख्या गन्ती गर्ने क्रममा एक जना कम भएपछि बल्ल कारागार प्रशासनले कैदी भागेको मेसो पाएको थियो। दैनिक रुपमा चौरबाट कारागार प्रवेश गराउने क्रममा कैदीको संख्या गन्ने गरिनेमा बिहीबार एक जना कम भेटिएको काफ्लेले बताए।

कारागारबाट भागेका श्रेष्ठको खोजी कार्य भइरहेको उनले बताए। श्रेष्ठ जबर्जस्ती करणी मुद्दामा गत साउन २० गतेबाट कैदमा रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे