LISTEN LIVE RADIO

दाङमा भारु पैसाको अवैध कारोबार



दाङ २३ माघ । दाङमा अवैध भारु पैसाको कारोबार मौल्याउदै गरेको पाइएको छ । केही दिन यता दाङको घोराहीमा भारु पैसाको ठुलै मात्रामा कारोबार भईरहेको स्रोतले जनाएको छ ।

भारतले नोटबन्दी गरेयता भारुको अवैध कारोबार अझ मौलाएको हो । भारतका सीमावर्ती क्षेत्रमा अझ करोडौ भारु पैसाको कारोबार हुने गरेको सर्वसाधारण बताउछन् ।

दाङमा अहिले भारु पैसा कुनैपनि ब्यबसायीहरुले लिने गरेका छैनन् । तर गोप्यमा भारु सटहि भने भईरहेको छ । भारु एकसयको नेपाली एकसय पचास रुपैया पाउने गरेको स्थानिय बताउँछन् ।

घोराहीमा भारु नोटको अवेध कारोबारको हल्ला बजार क्षेत्रलगायत गाउँसम्म पुगेता पनि भारु नोटको कारोबार बारे जानकारी नभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तर पनि यस बिषयमा सुक्षम तरिकाले लाग्ने दाङ प्रहरी बताउँछन् । स्रोत अनुसार दाङका ब्यबसायीहरुले भारु नोटमा करोडौ लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे