LISTEN LIVE RADIO

दाङकाे तुलसीपुरमा फिल्मी शैलीमा युवक माथि लुटपाट



तुलसीपुर २३ माघ ।  तुलसीपुरमा चार जना युवकमाथि लुटपाट भएको छ । चार जना युवाले गत माघ १७ गते दिउँसोतिर सल्यान र रोल्पाका चार जना युवकलाई तुलसीपुर–७ गणेशपुर नजिकको जंगलमा लगेर लुटपाट गरेका हुन् ।

सल्यानको बागचौर नगरपालिका वडा नम्बर ३ का मेघराज घर्ती, रोल्पाको गंगादेव गाउँपालिका–३ का अनिल मगर, गोविन्द डाँगी र डिसेम्बर डाँगीमाथि लुटपाट भएको हो ।

कोरियन भाषा पढ्न आएका चारै जनालाई तुलसीपुरको गणेशपुर पार्क नजिकैको जंगलमा लगेर लुटपाट गरिएको हो । लुटेराले उनीहरुको साथबाट चार थान स्मार्ट मोबाईल र नगद ७ हजार लुटेको छ ।

पिडित चारै जनाले माघ १८ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएका छन् । लुटपाटमा संलग्न दोषिको पहिचान अझै भइनसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे