LISTEN LIVE RADIO

लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि आज मनोनयन दर्ता गरिदै



दाङ ११ माघ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि आज मनोनयन दर्ता गरिने भएको छ । सत्तारूढ दलबाट राेल्पा निवासी एमालेकाकुमार दसौदीले मनोनयन दर्ता गर्ने र नेपाली कांग्रेसबाट मनोनयन दर्ता गर्ने उम्मेदवारको आज बपहान नाम टुंगो लाग्ने भएको छ ।

माघ २५ गते राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदानको कार्यतालिका सार्वजनिक भएको छ । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य बनेका रुपन्देही निवासी खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका थिए । उनको पद रिक्त भएपछी उपनिर्वाचनबाट राष्ट्रिय सभा सदस्य चयन गर्न थालिएको छ ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष गरी ३०५ जना मतदाता छन् । प्रदेशसभा सदस्यतर्फ ८७ र बाँकी स्थानीय अन्तरगत २१८ मतदाता रहेका छन् । माघ ११ गते आज उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने कार्यतालिका छ ।

माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ, माघको १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ।

प्रदेशका १०९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २-२ तथा राप्रपा र जनता प्रगतिशीलले १-१ स्थानमा जितेका छन् ।

त्यसैगरी, ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४-४, जसपा, लोसपा र जनमतले ३-३, जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १-१ र स्वतन्त्रबाट २ जनाले जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे