दाङको देउखुरी क्षेत्रमा काटिएको रुखका बिषयमा अनुसन्धान सुरु



दाङको देउखुरी क्षेत्रमा काटिएको रुखका बिषयमा अनुसन्धान सुरु

दाङ २३ पुस । पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको देउखुरी क्षेत्रमा रुखहरु काटिएको बिषयमा अनुसन्धान सुरु भएको छ । त्यस बिषयमा जिल्ला प्रशासन कार्यालय दाङले चासो देखाउँदै तत्काल मनपरी रुख नकाट्न भन्दै पत्राचार गरेपछि रुख काट्ने क्रम हाल रोकिएको छ । लुम्बिनी प्रदेश राजधानीको केन्द्रभाग राप्ती गाउँपालिका क्षेत्रको सडक खण्डमा धमाधम रुखहरु काटिएका छन् । लमही नगरपालि क्षेत्रमा पनि त्यही क्रम दोहरीन थालेपछि प्रशासनले पत्राचार गर्दै रुख मनपरी काट्न रोकेको छ ।

रुख काटिएको बारे गुनासो आएपछि प्रशासनले वन कार्यालय, सडक डिभिजन कार्यालय लगाएतलाई पत्र काटेको सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले जानकारी दिइन । त्यसबारे सरोकारवालाहरु संग छलफलसमेत भएको उनले बताइन । यहाँ झन्डै एक हजार बढी ठूला साना रुखहरु काटिएका छन् ।

पछिल्लो समय जनगुनासो ब्यापक बनेपछि मनपरी रुख रुख काटिएको विषयमा सडक विभागले अनुसन्धान थालेको छ । यो सडक खण्डमा एमसिसी परियोजनासमेत लागु भएको छ । मंसिर २० गते सडक डिभिजन कार्यालय, दाङले सडकको क्षेत्राधिकार खाली गर्ने सम्बन्धित सार्वजनिक सूचना जारी गरेको थियो ।

राजमार्ग अन्तगत दाङ कपिलबस्तु सीमाना धानखोलादेखि बाँकेको सीमाना शिवखोला सडक खण्डको केन्द्रबिन्दुबाट दायाँबायाँ ३१ ÷ ३१ मिटर भित्र निर्मित संरचना १५ दिनभित्र हटान भनिएको थियो । त्यो क्षेत्राधिकार भित्रका संरचना तोकिएको समयमा नहटाए ती हटाउन लाग्ने खर्चपनि सम्बन्धित ब्यक्तिबाटै असुल उपर गरिने सूचनामा उल्लेख थियो ।

त्यसपछि स्थानीयले आफ्नो जग्गामा पर्ने सडक किनार छेउका रुखहरु रातारात धमाधम काटेर सखाप पारेका थिए ।काटेका रुखहरु उनीहरु आँफैले लगेका थिए । लुम्बिनी प्रदेश राजधानी आएपछि प्रहरीले पनि राप्ती पालिका क्षेत्रमा सडक खुला गर्ने तथा झाडी सफाइ गर्ने कार्य गरेको थियो । रुख काटिएको बिषयमा केही हालसालै सडक विभाग र एमसिसी परियोजनाका प्रतिनिधिले संयुक्त रुपमा स्थलगत अनुगमन समेत गरेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे