LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशसभा नियमावली पारित, अर्को बैठक माघ ३ मा बस्ने



लुम्बिनी प्रदेशसभा नियमावली पारित, अर्को बैठक माघ ३ मा बस्ने

भालुवाङ १८ पुस । प्रदेश सभाको पहिलो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ पारित गरेको छ । ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको हो ।

यही नियमावलीको आधारमा प्रदेश सभाले आफ्ना गतिविधि अघि बढाउनेछ। यसअघि प्रदेश नम्बर ५ नियमावली २०७४ थियो । तर, त्यो नियमावली ५० प्रतिशतभन्दा बढी संशाेधन गर्नुपर्ने भएपछि नयाँ नियमावली बनाइएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

‘सिकाइ र अनुभवका आधारमा नियमावली संशाेधन गर्नुपर्ने भयो। पुरानो नियमावली संशाेधन गर्दा ५० प्रतिशतभन्दा बढी गर्नुपर्ने देखिएपछि नयाँ बनाइएको हो’, पुनले भने, ‘प्रदेश सभाको सबै गतिविधि यही नियमावलीको आधारमा हुन्छ ।’

अर्को बैठक माघ ३ मा बस्ने

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको तेस्रो बैठक माघ ३ गते बस्ने भएको छ। पहिलो अधिवेशनको दोस्रो बैठक सकिएपछि अध्यक्षता ग्रहण गरेका जेष्ठ सदस्य डिल्लीराज भुसालले तेस्रो बैठकको मिति माघ ३ गते तोकेका हुन्। अब सभामुख र उपसभामुख चयनको लागि प्रदेश सभामा बाटो खुलेको छ।

पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ। सोहीअन्तर्गत राजनीतिक दलबीच सहमतिको प्रयास गरिने र सम्भवतः आगामी बैठकले सभामुख चयन गर्ने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे