LISTEN LIVE RADIO

गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम पुस २० गते हुने



गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम पुस २० गते हुने

गढवा १८ पुस । गढवा गाउँपालिकाले यही पुस २० गते सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ ।

वडा नम्बर १ को कुलपानीस्ति कुलापानी पार्कमा सार्वजनिक सुनुवाई कार्यक्रम हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले जानकारी दिएका छन् । चौधरीका अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाह, भइरहेका काम र गाउँपालिकासँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ।

सम्पूर्ण राजनैतिक दल, सामाजिक संघ सस्था, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, सेवाग्राही तथा गढवाबासी आम नागरिकलाई कार्यक्रममा उपस्थित हुन आह्वान गरिएको छ । कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने प्रमुख प्रशासकीय अधिकृत चौधरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे