पिपरी खोलामा बन्ने पक्की पुलको स्वास्थ्यमन्त्री चौधरीद्धारा शिलान्यास



पिपरी खोलामा बन्ने पक्की पुलको स्वास्थ्यमन्त्री चौधरीद्धारा शिलान्यास

भालुवाङ ११ पुस । दाङको राप्ती गाउँपालिका वडा नं ८ को कोहलुवा र जुठ्पानी जोड्ने पिपरी खोलामा बन्ने पक्की पुलको सोमबार शिलान्यास गरिएको छ । पुलको शिलान्यस लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले गरेका छन् ।
सो पुल संघीय सरकार भौतिक पुर्वाधार मन्त्रालयले बिनियोजन गरेको ३ करोड २९ लाख ३३ हजार ३ सय तेह्र रुपैयाँ ७६ पैसाको लागतमा निर्माण हुन लागेको हो ।केशर शाह कन्सट्रक्सन सेवा प्रालि बैजानाथ बाँकेले ठेक्का लिएको उक्त पुलको लम्बाई २५ मिटर र चौडाई १० मिटर रहने इन्जीनियर अशोक बेल्वासेले जानकारी दिएका छन् । पुल सम्झौता भएको मितिले करिव १५ महिना भित्रमा निर्माण सम्पन्न गर्ने बताइएको छ ।
पुलको ठेक्का लिएको कम्पनीले काम समेत अघि बढाई सकेको छ ।

पुल शिलान्यास कार्यक्रममा राप्ती गाउँलिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, वडा नं. ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ लगायतका पूर्व जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयहरुको सहभागीता रहेको थियोे । सो क्षेत्रमा पुल नहुँदा स्थानीयहरुले वर्षातको समयमा आवतजावत गर्न निकै सास्ती खेप्न परेको छ भने पुल निर्माण पश्चात् त्यस क्षेत्रको वर्षौ देखिको सो समस्या समाधान हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे