काउले करमकोट सडककाे सांसद चौधरीद्वारा उद्घाटन



काउले करमकोट सडककाे सांसद चौधरीद्वारा उद्घाटन

दाङ ५ मंसिर । प्रतिनिधिसभा सदस्य  मेटमणी चौधरीले घोराही उपमहानगरपालिका वडा नं. १ अन्तरगत पर्ने काउले करमकोट सडक उद्घाटन गरेका छन् ।

चौधरीले शुक्रवार करमकोटमा एक कार्यक्रमका विच सडक उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा वोल्दै चौधरीले नेकपाको सरकार यहि माघमा तिन वर्ष पुग्न लागेको र यो अवधिमा नेकपाको सरकारले जनपक्षीय काम गरेको उल्लेख गरे । उनले आफुले आफ्नो निर्वाचन क्षेत्र भित्र विकाश निर्माणका लागि लागि परेको बताए । यो साल मात्रै पैँतिस सय बैसट्ठी घर परिवार लाई टिनको छाना प्रदान गर्ने योजना रहेको बताए ।

त्यस्तै ऐलानी प्रतिजंगलमा वसोवास गर्दै आईरहेका वासिन्दाको लागि व्यवस्थित गर्न कानुन बनेको बताउँदै यदि दश वर्ष देखि वस्दै आएका वस्तीका बासिन्दालाई सिधै लालपुर्ज दिने कानुन व्यवस्था रहेको बताए । उनले यस क्षेत्र निकै विकट र पिछडिएको भन्दै यहाँको समग्र विकासको लागि आफु निरन्तर लागि परेको र सधैँ लागि पर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

निर्वाचन क्षेत्र विकासकोष अन्तरगतको ५० लाखको लागतमा काउले देखि करमकोट सम्मको ३.६ किलो मिटर सडक निर्माण गरिएको हो । सडकले यस क्षेत्रको विकासमा फड्को मार्ने भन्दै यहाँका स्थानियले स्वागत तथा खुसी व्यक्त गरेका छन् ।

कार्यक्रममा नेकपा प्रदेश समिति सचिवालय सदस्य लक्ष्मण आचार्य जिल्ला कार्यालय सचिवालय सदस्य सुरामणी वेल्वासे घोराही उपमहानगरपालिका डिभिजन इन्जिनियर युवराज पौडेल घोराही उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष भिमबहादुर सार्की नेकपा दाङ जिल्ला कार्यालय सचिव केशव न्यौपाने जिल्ला कमिटी सदस्य चिन्तामणी आचार्य नगर कमिति सदस्य सम्भु पोख्रेल अनेरास्वभियू जिल्ला सदस्य गिरिवहादुर महरा लगायतको उपस्थिती थियो । कार्यक्रमको संञ्चालन तथा सभाध्यक्ष घोराही उपमहानगरपालिका डिभिजन इन्जिनियर युवराज पौडेल घोराही उपमहानगर पालिका वडा नं. १ का वडा अध्यक्ष राममणि पाण्डे रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे