LISTEN LIVE RADIO

आदर्श नमुना मावि लालमटियाको ६४ औं वार्षिकोत्सव कार्यक्रम



आदर्श नमुना मावि लालमटियाको ६४ औं वार्षिकोत्सव कार्यक्रम

भालुवाङ १६ मंसिर । आदर्श नमुना मावि लालमटियाले आफ्नो ६४ औं वार्षिकोत्सव कार्यक्रम मनाएको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ मा रहेको सो विद्यालयले शुक्रवार विभिन्न कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहलवान चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले अहिलेको शिक्षालाई सिर्जनशील शिक्षाको रुपमा विकास गर्नुपर्ने बताउका छन् । विद्यार्थीहरु जव सम्म सिर्जनशील हुँदैनन् तव सम्म घोकन्ते शिक्षाले केहि प्रगती नहुने बताएका छन् । त्यसका लागि गाउँपालिकाले जीवनउपयोगी, संस्कारयुक्त शिक्षाका साथै पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने तयारीमा जुटेको बताएका छन् ।

कार्यक्रममा विभिन्न तहमा विद्यालय प्रथम, दोस्रो, तेस्रो हुने विद्यार्थीहरु र एस.ई.ई तथा कक्षा ११ र १२ लगायत विभिन्न तहमा उत्कृष्ट नजिता ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । भने पुर्व शिक्षक शेषमणी शर्मा र वर्तमान शिक्षिका कृष्णा शर्माले बुवा आमाको नाममा १ लाख २ हजार ३ सय ४ रुपैयाँ बराबरको आदर्श छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् ।

कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्रअ किरण पोख्रेल तथा विद्यालय शैक्षिक सुधार प्रतिवेदन शिक्षक जिवराज शर्माले प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षक मिनबहादुर बुढाथोकीको स्वागत मन्तव्य तथा विद्यार्थी भाइबहिनीहरुको स्वागत गीतबाट सुरु भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी, निवर्तमान अध्यक्ष नुमानन्द सुवेदी, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद आचार्य, पुर्व प्रअ दामोदर पाण्डे लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विज्ञान सामाग्री प्रदर्शनी गर्नुका साथै विभिन्न साँस्कृतिक प्रस्तुती समेत देखाइएको थियो । कार्यक्रमको सञ्चालन सहायक प्रअ यादव आचार्यले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे