LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी बुटवल छाेडेर राप्ती गाउँपालिकाको कार्यालयमा बस्न थाले



लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी बुटवल छाेडेर राप्ती गाउँपालिकाको कार्यालयमा बस्न थाले

भालुवाङ १६ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी शुक्रबार देखि राप्ती गाउँपालिकाको कार्यालयमा बस्न सुरू गरेका छन् । अस्थायी मुकाम बुटवल छोडेर मुख्यमन्त्री केसी राप्ती गाउँपालिकाको तेस्रो तल्लामा रहेको एउटा कार्यकक्षबाट अस्थायी रूपमा बसेर काम गर्न सुरू गरिसकेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।

प्रदेशको राजधानी बुटवलबाट दाङ सार्न मुख्यमन्त्री कुलप्रसाद केसीले तयारी समेत तीव्र पारेका छन् । आफ्नो कार्यकाल सकिन लाग्दा जतिसक्दो छिटो राजधानी सार्ने जोडबलमा मुख्यमन्त्री केसी छन् । मुख्यमन्त्री केसीको निरन्तर दबाबपछि प्रदेशको स्थायी राजधानी निर्माणको कामलाई प्रदेश पूर्वाधार प्राधिकरणले युद्धस्तरमा अगाडि बढाएको छ ।

निर्वाचन सकिए लगत्तै कामलाई तीव्रता दिन मुख्यमन्त्री केसीले निर्देशन दिएका छन् । मंसिर २२ गते सम्म निर्वाचन आचारसंहिता लागू हुने भएकाले त्यसपछि अस्थायी मुकाम बुटवलमा रहेका सवै मन्त्रालयहरू क्रमिक रूपमा स्थायी राजधानी राप्ती उपत्यका देउखुरी स्थित राप्ती प्राविधिक शिक्षालय रहेको स्थानमा आउने र सोही स्थानमा निर्माणको अन्तिम तयारीमा रहेको प्रदेश सभा भवनमा नवनिर्वाचित सदस्यहरूको सफथ ग्रहण हुने र तिथि मिति तोकेर प्रदेश राजधानी कार्यन्वयनका लागि बृहत् कार्यक्रम आयोजना गर्ने गरि काम अगाडि बढेको छ ।

लुम्बिनी प्रदेशसभाले आफ्नो राजधानीको स्थायी मुकाम र नामकरण बहुमतका साथ २०७७ साल असोज २० गते पारित गरेको थियो । हालै सम्पन्न निर्वाचनको बेला नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राजधानी फिर्ता ल्याउन सकिने बताएपछि झस्किएका प्रदेश सरकारका मुख्यमन्त्री केसी जतिसक्दो छिटो स्थायी संरचना बनाएर राजधानी सार्ने चटारोमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे