दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा मेटमणी चाैधरी विजयी



दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा मेटमणी चाैधरी विजयी

भालुवाङ ८ मंसिर । दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका मेटमणी चाैधरी विजयी भएका छन् ।

बाम लाेकतान्त्रिक गठबन्धनका साँझा उम्मेदवार चाैधरी  २६ हजार ५ सय ६३ मतले विजयी भएका हुन् । चाैधरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शान्ता चाैधरीलाइ ५ हजार ८४ मतकाे फराकिलाे अन्तरले विजयी भएका हुन् ।

नेकपा एमालेकी शान्ता चाैधरीले २१ हजार ५ सय ७९ मत ल्याएकी थिइन् । विजयी भएका मेटमणी चाैधरी शहरी विकास मन्त्री हुन् । त्यसै गरि फाइनल नतिजा अनुसार  राष्ट्रिय स्वतन्त्र पार्टीका देबराज पाठकले १३ हजार ७ सय ९४ मत, नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले ८ हजार १० मत, हाम्रो नेपाली पार्टीकी गंगा सत्गौवाले १ हजार ९२ मत, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी रूक्मिणी चौधरीले २ सय ९३ मत, मंगोल नेशनल अग्रनाइजेशनका शोभाराम बुढाले ५सय ८३ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेस (विपी)का असोक खड्काले १ सय ९८ मत, राप्रपाका लिला बुढाथोकीले १ हजार ४ सय ३८ मत, नेपाल मजदुर किसान पार्टीका गणेशभक्त खर्जुवाले २६ मत, लोकतान्त्रिक समाजवादी पार्टीकी प्रतिमा बुढामगरले १ सय ३३ मत, र सवतन्त्र उम्मेदवार चन्द्रमणि न्यौपानेले ३४ मत प्राप्त गरेका छन् । कुल ७८ हजार ६ सय ९८ मत खसेकोमा ७३ हजार ६ सय ४३ मत सदर भएको थियो भने ४ हजार ५ सय ६७ मत बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे