सल्यानका वडाध्यक्षले अर्काको श्रीमती भगाए, गाउँभरी हल्ला भएपछि विवाह



सल्यानका वडाध्यक्षले अर्काको श्रीमती भगाए, गाउँभरी हल्ला भएपछि विवाह

सल्यान २ मंसिर । सल्यानका एक वडाध्यक्षले अर्काको श्रीमती भगाएकाे रहस्य खुलेकाे छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष इन्द्र कुमाइले गाउँकै गौरी बोहरालाई भगाएर उनीसँग बिहे गरेका छन् ।

यो सहित उनको तेस्रो विवाह हो । यसअघि दुईवटी श्रीमती बिहे गरेर घरमा राखेका वडाध्यक्षले अर्की श्रीमती पनि थपेर तीनवटी श्रीमती बनाएका हुन् ।उमेरले उनिहरु दुवैजना ५२ वर्षका छन् । वडाध्यक्षका पहिलाको श्रीमतीबाट दुई छोरी र दोस्रोबाट दुई छोरा छन् । त्यस्तै विवाह गर्ने तेस्रो महिला गौरी वोहराको ५ बच्चाबच्ची छन् ।

गाउँमा पहिलेदेखि उनीहरु विचमा बसउठ हुने गर्दथ्यो । लामो समयदेखि नै अध्यक्षले ती महिलालाई उपभोक्ता समितिमा समेत राख्ने गरेको स्थानीयको भनाई छ । उनको नाम समितिमा नछुटाउँदा स्थानीयले पहिलेदेखि नै शंकाको दृष्टिले हेर्न गरेका थिए ।

गाउँभरी हल्ला भएपछि बिहे गरेको हुँ: वडाध्यक्ष कुमाई

यता वडाध्यक्ष ईन्द्र कुमाईले आफुले तेस्रो बिहे गरेको स्वीकार गरेका छन् । लेकाली अनलाइनसँग कुरा गर्दै उनले भने, ‘हाम्रो पहिलेदेखि मायाप्रेम बस्दै गयो, गाउँमा सबैले थाहा पाए । उसको श्रीमानले उसलाई मार्ने धम्की दिइरह्यो । उसको घरबाट निकाल्यो, अनि म बिहे गर्न बाध्य भए ।’

उता गौरीको श्रीमान् नोखिराम वोहराले भने अहिले न्यायको लागि भौतारी रहेको बताएका छन् । श्रीमती परपुरुषसँग भागेपछि अब नावालक छोराछोरी कसरी पाल्ने भनेर आफुलाई ठुलो चिन्ता बढेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे