LISTEN LIVE RADIO

गढवा गाउँपालिकाद्धारा २ सय जना मोतिबिन्दुका बिरामीहरुलाई नि:शुल्क शल्यक्रिया गरिदै



गढवा गाउँपालिकाद्धारा २ सय जना मोतिबिन्दुका बिरामीहरुलाई नि:शुल्क शल्यक्रिया गरिदै

गढवा २३ कार्तिक । देउखुरीको गढवा गाउँपालिकाद्वारा मोतिविन्दुका विरामीहरूलाइ नि:शुल्क शल्यक्रिया हुने भएको छ । नेत्र ज्योति संघ लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा पहिलो चरणमा दुई सय जना मोतिविन्दु भएका विरामीहरूको नि:शुल्क शल्यक्रिया हुने गढवा गाउँपालिकाकाले जनाएको छ ।

नेपाल नेत्र ज्योति संघ र आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज,लमही आँखा अस्पताल लमही दाङको संगको सहकार्यमा गढवा गाउँपालिकाले पहिलो चरणमा दुई सय जना मोतिविन्दु भएकाहरुको नि:शुल्क शल्यक्रिया गर्न लागेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए ।

नेपाल नेत्र ज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज,लमही आँखा अस्पताल लमही दाङ र गढवा गाउँपालिका संगको बिगतमा भएको सहमति बमोजिम गढवा गाउँपालिकामा आँखा चेकजाँच कार्यक्रम/शिविर सञ्चालन गरि मोतिविन्दुको शल्यक्रिया गर्न छनौट भएका विरामीहरूलाई शिविर स्थलमा बोलाई शल्यक्रिया गरिने सहमति भएको गढवा गाउँपालिका अध्यक्ष  पोख्रेलले जानकारी दिए ।

पहिलो चरणमा शिविर सञ्चालनबाट छनौट भएका विरामीहरु मध्येबाट बढीमा दुई सय जनाको शल्यक्रिया गरिने र बाँकी अन्यलाई दोस्रो चरणमा समाबेश गरिने गढवा गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरीले बताए। गढवा गाउँपालिकाको निति तथा कार्यक्रम अनुसार गढवा गाउँपालिकाको विभिन्न वडामा मोतिविन्दु भएका विरामीहरूलाई नि:शुल्क शल्यक्रिया गर्न लागिएको उपाध्यक्ष चौधरीले जानकारी दिए ।

नेपाल नेत्र ज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज,लमही आँखा अस्पताल लमही दाङ र गढवा गाउँपालिका संगको मोतिविन्दु भएका विरामीहरुलाई नि:शुल्क शल्यक्रिया गर्ने लिखित सहमतिमा हस्ताक्षर भएको छ । सहमति पत्रमा हस्ताक्षर गर्दै दुबै पक्षले आगामी दिनहरूमा पनि सहमति र सहकार्य गर्दै विभिन्न खालको शिविर सञ्चालन गर्ने सहमति भएको नेपाल नेत्र ज्योति संघ लमहीले जानकारी दिएको छ। गढवा गाउँपालिकाको आर्थिक सहयोग र नेपाल नेत्र ज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज,लमही आँखा अस्पताल लमही दाङको प्राविधिक सहयोगमा नि:शुल्क शल्यक्रिया कार्यक्रम हुने गढवा गाउँपालिकाकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे