LISTEN LIVE RADIO

देउखुरीका मतदाता भन्छन्,-‘शान्ताको विकल्प छैन, हाम्रो भोट शान्तालाई ’



देउखुरीका मतदाता भन्छन्,-‘शान्ताको विकल्प छैन, हाम्रो भोट शान्तालाई ’

देउखुरी २१ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि दाङ निर्वाचन क्षेत्र नं. १ मा स्वतन्त्र सहित १४ जना प्रतिनिधिसभा सदस्यको लागि प्रतिस्पर्धा गर्दैछन् । नेकपा एमाले, सत्तारुढ गठबन्धको तर्फबाट नेकपा एकिकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जसपा लगायत स्वतन्त्र सहित १४ जना उम्मेदवारले आफ्नो पक्षमा माहोल बनाउनका लागि मतदाता भेटघाटलाई तिब्रता दिएका छन् ।

यदपी यो क्षेत्रम नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी पार्टीकी पोलिटव्यूरो सदस्य समेत रहेकी पूर्व सांसद शान्ता चौधरीको ब्यापक चर्चा रहेको छ । १८ बर्षसम्म कम्लरी बसेर राजनीतिमा उदायकी शान्ता चौधरीलाई हेर्न र उनको पक्षमा भोट माग्न स्वस्पूर्त रुपमा स्थानीयहरु लागि परेको स्थानीय राप्ती गाउँपालिका-४ की गुलाबी चौधरी बताउँछिन् । कमलरी र भुमहिन आन्दोलनबाट खारिएर आएकी शान्ता चौधरी राष्ट्रिय राजनीतिमा राम्रो छवि बनाएकी छिन् ।

 

२०६४ र २०७४ मा नेकपा एमाले तर्फबाट समानुपातिक कोटामा दुई पटक सांसद बनिसकेकी शान्ता चौधरी नीतिनिर्माण धेरै अनुभवी र दख्ल नेताको रुपमा परिचित छिन् । वर्गिय नेताको रुपमा स्थापित भएकी शान्ता चौधरी यस क्षेत्रका बलियो र लोकप्रिय उम्मेदवार भएकोले सहजै रुपमा जित्ने स्थानीहरुकाे दाबी रहेकाे छ ।

शान्ता चौधरी विकास प्रेमी, लोकप्रिय र अनुभवी नेता भएकाले अहिलेको निर्वाचनमा शान्ता चौधरी नै जित्ने स्थानिय लमही-७ का प्रेम चौधरीले बताए । मेटमणिलाई पाँच वर्षको लागि जिताएर पठाए पनि एकदिन फर्किएर गाउँ न आउने र काम भन्दा बढी गफ गर्ने भएकोले यहाँका मतदाता शान्ता चौधरीलाई रोजेको उनले बताए ।

यसैगरी गढवा-५ का रामविर यादवले अखहलेको निर्वाचनमा एमालेका उम्मेदवार शान्ता चौधरी जित्ने दाबी गरे । ‘एमालेको नेतृत्वमा दाङ देउखुरीमा धेरै विकास भएको छ, यसैले पनि यहाँका मतदाता प्रभावित भएका छन्, उनले भने, –एमालेले लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकामा ल्याएर धेरै गुण लगाएकोले पनि यसको ऋण तिर्णलाई पनि मतदाताले शान्ता चौधरीलाई जिताउँछन् ।’ उनले भने

 

शान्ता चौधरी जनताकाे कथा, व्यथा बुझ्ने नेता भएकोले आफूहरुले शान्ता चौधरीलाई जिताउनको लागि परेको राजपुर-५ की सीता चौधरीले बताइन् । देउखुरीले खोजेको जस्तै एमालेले महिलालाई उम्मेदवार बनाएकोले देउखुरीका महिलाहरुले आफ्नो प्रतिनिधिलाई जिताउन खुलेर लागेका छौँ, उनले भनिन्, अब यो क्षेत्रमा शान्ताको जितलाई कसैले रोकन सक्दैनन् उनले दाबीका साथ भनिन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे