LISTEN LIVE RADIO

आफ्नै दाजुले गरे भाईको हत्या



आफ्नै दाजुले गरे भाईको हत्या

कार्तिक ४ अर्घाखाँची/ अर्घाखाँचीमा आफ्नै दाजुले भाइको हत्या गरेका छन् । भुमिकास्थान नगरपालिका-१ खलाधारा भीरबाट लडेको अवस्थामा साम्नेगाँउका ७० वर्षिय वीरबहादुर गमालका दाजुले आफ्नै भाईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

डिएसपी रिजालका अनुसार बुधवार दिउँसो वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए । घर फर्किँदै गर्दा बेलुकी ७ बजे बाटोमा लेनदेनको विषयमा दाजुभाइको सामान्य विवाद हुँदा भीरबाट धकेली भाइको मृत्यु भएको प्रहरीले बताएको छ ।

हिमबहादुरलाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे