स्कारपियोको ठक्करबाट देउखुरीको सिसहनियाँमा एक पैदलयात्री घाइते 



स्कारपियोको ठक्करबाट देउखुरीको सिसहनियाँमा एक पैदलयात्री घाइते 

ओमप्रकाश गुप्ता, सिसहनियाँ १ मंसिर ।

देउखुरीकाे सिसहनियाँमा स्कारपियोको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् । स्कारपियोको ठक्करबाट पैदल हिडिरहेका राप्ती गाउँपालिका वडा नम्बर – ५  सिसहनियाँ कमलरोड निवासी अन्दाजी ७५/७६ वर्षका डिलाराम पोख्रेल घाइते भएका हुन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही-भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ सिसहनियाँमा सोमबार विहान ५:५० बजेको समयमा पश्चिमबाट पूर्व तर्फ गइरहेको भे १ च १३६२ नम्बरको  घाइतेको सिसहनियाँ स्थित विष्ट स्वास्थ्य पोलिक्लिनीकमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको छ ।

मनिङवाकमा निस्केका पोख्रेललाई गाडीले ठक्कर दिएको प्रहरी चाैकी सिसहनियाँले जानकारी दिएको छ । घाइते पोख्रेलको खुट्टा फ्याक्चर र टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने स्कारपियो र चालकलाई इलाका प्रहरी कार्यालय भालुवाङले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे