लमही कपडा घर बेवारिसे अवस्थामा, पसल चलाउने संस्था बेखवर



लमही कपडा घर बेवारिसे अवस्थामा, पसल चलाउने संस्था बेखवर

ओमप्रकाश गुप्ता, लमही ३० कार्तिक ।

दाङ देउखुरीको लमही बजारमा विगत एक वर्ष देखि सञ्चालित लमही कपडा घर अहिले बेवारिसे अवस्थामा रहेको छ । विशेष गरी पृथृ टेक्नीकल कलेज बनगाउँमा अध्यनरत विद्यार्थीको पहल तथा स्थानीय वडा पालिका, सामाजिक संघ संस्थाको सहयोगमा एम्नेस्टी इन्टरनेशनल लमही युथ नेटवर्कले असाहय, गरिव तथा विपन्न परिवारलाई लक्षित गरी लमही बसपार्क नजिक सानो ढेब्लीमा कपडा घर सञ्चालनमा ल्याएको थियो ।

तर पसल चलाउने जिम्मेवारी पाएको एम्नेस्टी इन्टरनेशनलले न आफुले पसल चलाउन सक्यो न अरुलाई चलाउन दियो जसले गर्दा पसलको अवस्था लथालिंग भएको स्थानीयहरुले बताएका छन् । अहिले ढेब्लीको ढोका खुल्ला छ भने त्यस भित्रका कपडा बाहिर फालिएको देखिन्छ । सस्तो लोकप्रियता कमाउन एम्नेस्टी इन्टरनेशनलले यस्तो हर्कत गरेको स्थानीय नारायण डाँगी छम्पालीले बताएका छन् । गत वर्षको पौष महिना देखि सञ्चालनमा आएको लमही कपडा पसल किन र कसरी बन्द भयो भन्ने विषयमा कसैलाई पनि थाहा छैन ।

पसल सञ्चालन गरेका लमही युथ नेटबर्कका संयोजक विवय घिमिरे र उप संयोजक नविन केसी पनि कहाँ छन् थाहा छैन् । जाडोमा काठिएर हिंडने असहायले साहेता पाउने र शरिरमा फिट नभएको वा नयाँ कपडा नै निशुल्क दिन चाहनेहरुका लागि लक्षित गरेर दाङको लमहीमा कपडा घर संचालनमा ल्याइएको थियो । कपडा घरको लमही नगरपालिकाका प्रवक्ता तथा ५ नम्बर वडा अध्यक्ष बिमबहादुर केसीले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे