LISTEN LIVE RADIO

बस दुर्घटनामा २ को मृत्यु, ३६ जना घाइते



बस दुर्घटनामा २ को मृत्यु, ३६ जना घाइते

 असोज १७ हेटौंडा । मकवानपुरमा यात्रु बहाक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । गएराति पुर्व-पश्चिम राजमार्ग अन्तर्गत काठमाडौंबाट दमक तर्फ जाँदै गरेको ना७ ख २०३२ नम्बरको बस मकवानपुरको हेटौंडा-१५ चुरियामाई नजिक आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । मृत्यु हुनेमा मोरङ बेलबारी-८ की ५१ वर्षीया कल्पना राजबंशी रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी कल्पनाको गएराती चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, मृत्यु हुनेमा झापा दमक-५ का दिल्लि बहादुर दर्जी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दर्जीको गएराति हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएकाहरुको केहिको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने केहिलाई थप उपचारको लागि चितवन र काठमाडौं रिफर गरिएको छ ।

दुर्घटनाका घाइतेहरु नामावली

१)जिल्ला मोरङ बेलबारी-८ बस्ने वर्ष ३० कि कबिता राजबंशी (अविवाहित) दुबै खुट्टामा ठोकिएको अबस्था सामान्य ।

२) जिल्ला खोटाङ काडबेसी घर भई हाल जि.सुनसरी ईटहरी उ.म.न.पा.९ खनार बस्ने वर्ष २२ को चन्डिका प्रसाद दाहाल टाउकोमा चोट, पेटमा ठोकिएको अबस्था मध्यम,थप उपचारको लागी पुरानो मेडिकल कलेजमा उपचार हुदै ।

३) जिल्ला सुनसरी धरान न.पा.१७ बस्ने वर्ष ३८ को सुमन बराईली बाया कोखामा भित्री चोट अबस्था मधयम । पुरानो मेडिकल कलेजमा उपचार हुदै ।

४) जिल्ला मोरङ सुन्दरहरैचा न.पा.६ बस्ने वर्ष अ.२५ को बिशाल गुरुङ्ग टाउको, अनुहारमा चोट, बायाँ हातमा भित्री चोट अबस्था मध्यम । ,पुरानो मेडिकल कलेजमा उपचार हुदै ।

हेटौंडा अस्पताल मकवानपुरमा उपचाररत बिरामीहरू 
१) जिल्ला ललितपुर महालक्ष्मी न.पा.-८ लुगु बस्ने वर्ष-५० को चन्क्र बहादुर बस्नेत,बाया हातमा काटेको,भित्री चोट, अबस्था मधयम ,काठमाण्डौ रिफर

२) ऐ.ऐ.बस्ने निजको छोरी वर्ष १७ कि दिब्या बस्नेत,टाउको र हातमा चोट,अवस्था मध्यम, काठमाण्डौ रिफर

३) जिल्ला झापा दमक न.पा.५ बस्ने वर्ष ५५ को गंगा प्रसाद ढकाल,च्यापु र पेटमा भित्री चोट,अवस्था मध्यम,

४) जिल्ला ताप्लेजुङ सुकेजा गा.पा.३ बस्ने वर्ष २४ को टंक बहादुर खड्का,बाया खुट्टा र टाउकोमा चोट,अवस्था गम्भिर,सन्चो अस्पतालमा रिफर भई उपचार हुदै

५) जिल्ला झापा गौरदा न.पा.८ बस्ने वर्ष ६५ को गौरनाथ राजबंशि,दाहिने हात र टाउकोमा भित्री चोट,अवस्था मध्यम,डिस्चार्ज भएको ।

६) जिल्ला ईलाम सुलाचुली गा.पा.१ बस्ने वर्ष ३६ को बिनोद अधिकारी,टाउकोमा चोट,अवस्था मध्यम,

७) ऐ.ऐ.बस्ने वर्ष २७ को देवी प्रसाद अधिकारी, टाउकोमा चोट,अवस्था मध्यम,

८) ऐ.ऐ.बस्ने वर्ष ४० कि माया अधिकारी,घाटि र टाउकोमा चोट,अवस्था मध्यम,

९) ऐ.ऐ.बस्ने निजको छोरी वर्ष १३ कि दिब्या अधिकारी,बाया हात र टाउकोमा चोट,अवस्था मध्यम,

१०) जिल्ला ओखलढुङ्गा मलंगवा गा.पा.३ बस्ने वर्ष ३६ कि ज्ञानकुमारी सुनुवार,छाति र बाया खुट्टामा भित्री चोट,अवस्था मध्यम

११) ऐ.ऐ. बस्ने निजको श्रीमान वर्ष ४० को सुरेन्द्र राई,दाहिने हातमा चोट,अवस्था सामान्य

१२) जिल्ला झापा दमक न.पा.१० बस्ने वर्ष २८ को युवराज ढकाल,छातिमा भित्री चोट,अवस्था मध्यम

१३) जिल्ला सिन्धुपाल्कचोक जुगल गा.पा.१ बस्ने वर्ष ४२ कि दुर्गामाया कार्की,टाउको र ढाडमा चोट,अवस्था मध्यम

१४) ऐ.ऐ.बस्ने निजको छोरी वर्ष २३ कि कमला सिलवाल,ढाडमा भित्री चोट,अवस्था मध्यम,

१५) ऐ.ऐ.बस्ने निजको छोरा वर्ष १८ को अनिष सिलवाल घुडामा चोट,अवस्था मध्यम

१६) जिल्ला झापा अर्जुनधारा न.पा.९ बस्ने वर्ष २७ को रबिन गहतराज,हात खुट्टामा चोट,अवस्था मध्यम डिस्चार्ज भएको ।

१७) जिल्ला झापा भद्रपुर गा.पा.१० बस्ने वर्ष ३२ को लिलाराज पोख्रेल,बाया हात र कुममा भित्री चोट,अवस्था मध्यम डिस्चार्ज भएको ।

१८) बसको सहचालक जिल्ला मोरङ हरैचा न.पा.९ बस्ने वर्ष २८ को बिरेन्द्र खवास,वाया खुट्टा र वाया कुममा चोट, अवस्था मध्यम

१९) जिल्ला सुनसरी बराहाक्षेत्र न.पा.११ बस्ने वर्ष २२ को सनि उरम,सामान्य,

२०) जिल्ला बझाङ थलरा गा.पा.३ बस्ने ४० को हर्क बहादुर भण्डारी,सामान्य,

२१) ऐ.ऐ.बस्ने निजको श्रीमती वर्ष ३८ कि सुमित्रा भण्डारी,सामान्य

२२) ऐ..ऐ.बस्ने निजकोछोरा वर्ष १७ को आविष्कार भण्डारी,नाकमा भित्री चोट,अवस्था मध्यम

२३) जिल्ला उदयपुर कटारी न.पा.१० बस्ने वर्ष २७ को मेश बहादुर सुनुवार,सामान्य चोट, डिस्चार्ज भएको ।

२४) जिल्ला सुनसरी बराहाक्षेत्र न.पा.११ बस्ने वर्ष २३ को रोहित राई,सामान्य चोट,

२५) ऐ.ऐ. बस्ने वर्ष १९ को दिवस रिषिदेव,सामान्य घाईते

२६) जिल्ला भोजपुर पौवातुम्बा गा.पा.१ बस्ने वर्ष २२ कि अन्जना राई,सामान्य चोट

२७) जिल्ला झापा गढिगञ्ज गा.पा.१ बस्ने वर्ष २४ को महेश राजवंशि,सामान्य चोट, डिस्चार्ज भएको ।

२८) जिल्ला झापा दमक न.पा.१० बस्ने ८५ कि गिता बासकोटा,टाउकोमा भित्री चोट,अवस्था मध्यम,

२९) जिल्ला सुनसरी गढी गा.पा.२ बस्ने वर्ष २० कि सुस्मिता उरउ,सामान्य चोट

३०) निजको छोरी ९ महिनाकी आकृती उरउ,सामान्य चोट

३१) जिल्ला मोरङ सनकपुर गा.पा.१ बस्ने वर्ष २२ को गोबिन्द श्रेष्ठ,सामान्य चोट

३२) जिल्ला ललितपुर थैवा डेरा गरी बस्ने वर्ष ४९ कि शान्ती राई,सामान्य चोट,

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे