दाङका क्रसर उद्योगको विवरण र मापदण्ड बारे भोली देखि अनुगमन हुँदै



दाङका क्रसर उद्योगको विवरण र मापदण्ड बारे भोली देखि अनुगमन हुँदै

दाङ २८ कार्तिक ।

दाङका क्रसर उद्योगको विवरण र मापदण्ड बारे भोली देखि अनुगमन गरिने भएको छ । जिल्लाका सरोकारवालाहरुको सहभागितामा शुक्रवार घोराहीमा शुक्रवार बसेको बैठकले यस्तो सो निर्णय गरेको हो । जिल्लामा सञ्चालित ढुंगा, गिट्टी, बालुवा तथा खानीजन्य उद्योग तथा प्रशोधन क्रसर उद्यागको विवरण र मापदण्ड बारेमा अनुगमन गरिने भएको छ ।

गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्लाका पत्राचार गदै मापदण्ड विपरित क्रसर उद्योग सन्चालन भएनभएको बारेमा अनुगमन गरी एक हप्ता भित्र पेश गर्न निर्देशन दिएको छ । भोली शनिवार राप्ती र गढवामा अनुगमन हुने जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिएका छन् ।

जिल्लाको तथ्याङक अनुसार हाल १२ वटा क्रसर उद्योग दर्ता भएकोमा २ वटा निष्क्रिय रहेका छन् भने १० वटा सन्चालन रहेको पाईएको छ । यस्तैगरी २४ वटा बालुवा प्रशोधन उद्योग रहेको बताईएको छ । यस बारे विस्तृत विवरण अनुगमन पश्चात जानकारी हुने उनले बताएका छन् ।दाङमा मापदण्ड विपरित क्रसर संचालनमा आएको भन्दै गएको साउनमा ८६ क्रसर उद्योगका विरुद्ध उच्च अदालत तुलसीपुरमा रिट निवेदन परेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे